न इन्टरनेट चाहियो, न कम्प्युटर नै । एन्ड्रोइड स्मार्ट फोनमा यस एपलाई इन्स्टल गरेर सेटलाइटको लिंकबाट काम गर्ने ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) मार्फत उनीहरूले ट्राभल गर्दै पुगेका गोरखा सदरमुकामदेखि चनौटे, भच्चेक, घ्याच्चोक, बारपाक हुँदै २ हजार ९ सय मिटर उचाइमा रहेको माम्चे फुजुकोङ डाँडासम्मका फुटपि्रन्ट लिए ।
त्यसमा समेटिएका थिए बजार, स्कुल, प्रहरी चौकीलगायत सरकारी कार्यालय, अस्पताल, सार्वजनिक शौचालय, खानेपानीका धारा, मन्दिर, मस्जिद, गुम्बा, चौतारालगायतका सार्वजनिक स्थलहरू, व्यक्तिगत पसल, बाटो लगायतको विस्तृत विवरण र फोटो । 'हामीले ग्रामीण क्षेत्रका धेरै स्थानलाई मोबाइलमार्फत गुगल म्यापमा समेट्यौं,' आनन्दिता गुरुङले भनिन ।
स्टोरी क्याम्प नाम दिएको यात्राका क्रममा विभिन्न स्थानको जीपीएसमार्फत लोकेसनसँगै तस्बिर र विवरण अपडेट गरिरहेकी गुरुङले भनिन्, 'यसले विश्वका कुनै पनि कुनामा रहेका व्यक्तिलाई गोरखाका स्थलबारे जानकारी लिन, यसपछि घुम्न आउन र स्थानीय जानकारीलाई डिजिटल्ली रिच बनाउन सघाउने छ ।' काठमाडौं युनिभर्सिटीबाट इन्भाइरोमेन्ट साइन्समा मास्टर्स गर्दै गरेकी उनलाई म्याप मेकिङमा सहभागी हुने अवसर जुटाएको थियो, नेपाल इन्फोपार्कले ।
आफ्नो मुलुकका दुर्गम स्थललाई गुगल म्यापमा समेट्न पाउँदा निकै खुसी लागेको बताउँदै थिइन्, उनी । गुगलको म्याप मेकर बड्डी यस्तो टुल हो जससाई एन्ड्रोइड अपरेटिङ सिस्टम भएको फोन हुनेले इन्स्टल गरेर आफू पुगेका ठाउँको लोकेसन, फोटो र त्यस ठाउँको विस्तृत टेक्स्ट विवरण राखेर गुगल म्यापमा समेट्न सक्छ ।
ट्राभल स्टोरी क्याम्प आयोजना गरेर सञ्चारकर्मीलाई म्याप मेकिङमा लगाउने इन्फोपार्कका सौरभ ढकाल मुलुकका विभिन्न स्थलको जानकारी गुगल म्यापमा समेट्ने काम सरकार वा संस्था विशेषको मात्र नभएर सबैको जिम्मेवारी भएको बताउँछन् । 'मोबाइल हुनेले आफू पुगेका हरेक ठाउँको फोटोसहितको विवरण डिजिटल्ली कलेक्सन गर्न सक्छ, उनले भने, अफलाइन कलेक्सनको गरेको डाटालाई इन्टरनेटको पहुँच भएको ठाउँमा पुगेपछि गुगल म्यापमा सिंक गरेर विश्वभर बाड्न सकिन्छ ।
आफ्नो ठाउँको डिजिटल अर्काइभलाई रिच बनाउन सकिन्छ । काठमाडौंमा बसेर ठमेलको रेस्टुरेन्टबारे मोबाइलमा जानकारी खोज्ने बानी परेका पोखराका विनित गुरुङलाई दुर्गममा पुगेर इन्फर्मेसन बटुल्न निकै रमाइलो लाग्यो । दुई दिन हिँडेर बार्पाक पुगेका उनले म्यापिङ गर्न आफ्नो ग्यालेक्सी ग्रान्डको भरपुर सदुपयोग गरे ।
भर्खरै ग्राजुएसन सकेका उनले उनले मोबाइलबाटै हिस्टोरिक प्लेसेज, बिजनेस अर्गनाइजेसन्स, रिलिजियस साइट्स, पब्लिक प्लेसेज म्यापमेकर बड्डीमा समेटेको बताए । 'म पहिल्यैदेखि गुगल म्यापको युजर हुँ, उनले सुनाए, मलाई आफैं म्याप मेकर बन्न सकिन्छ भन्ने यहीं आएपछि थाहा भयो ।' प्रविधि सामाजिक परिवर्तनका लागि शक्तिशाली एजेन्ट हुन सक्छ भन्ने उनले पढेका थिए ।
आफैंले मोबाइलमार्फत म्यापिङ गरेपछि उनलाई सामान्य म्यापिङ गर्ने कामले गाउँमा दिगो परिवर्तन ल्याउन सकिने रहेछ भन्ने लागेको छ । गोरखाकी सञ्चारकर्मी अस्मिता मगर भने क्याम्प सकेर र्फकनासाथ आफ्नो गाउँ वरपरका स्थानलाई गुगल म्यापमा समेट्न आत्तुर थिइन् । 'हातमै भएको मोबाइलले आफ्नो ठाउँको फोटोसहितको जानकारी गुगल म्यापमा बाँड्न सकिन्छ भन्ने मलाई थाहै थिएन,' उनले सुनाइन्, 'यहाँबाट र्फकनासाथ मेरो ठाउँको डिजिटल फुटपि्रन्ट बढाउने काम थाल्छु ।'
गोरखा एउटा उदाहरण हो, यसैगरी मुलुकभरिका स्थानको डिजिटल विवरण गुगल म्यापमा जोड्न सकिन्छ । के उपयोग त गुगल म्यापको ? 'पर्यटनको दृष्टिले गुगल म्यापिङ निकै महत्त्वपूर्ण छ,' गुगल अर्थ आउटरिचसँगको सहकार्यमा भर्खरै सगरमाथा क्षेत्रको म्यापिङ सकेका ढकाल भन्छन्, 'सहरमा बसेर गाउँमा डिजास्टर म्यानेजमेन्ट, फोरेस्ट म्यानेजमेन्ट, रिसर्चको काम गर्नेलाई त्यतिकै उपयोगी हुन्छ ।'
कुन गाउँमा धारो पुगेको छ, कुन गाउँमा बिजुली छ, बाटोको एक्सेस कति छ लगायतका कुरा जहाँसुकै बसेर गुगल म्यापमा हेर्न सकिन्छ । गुगल म्यापलाई पर्सनालाइज्ड गर्न सकिन्छ । आफू जन्मेको, हुर्केको पढेको, बढेको, घुमेको, मावली, ससुराली, जब गरेको लगायत जीवनसँग सम्बन्धित स्थानलाई नक्सामा चिह्न लगाएर स्टोर गर्न सकिन्छ ।
आफूलाई मन पर्ने ठाउँमा चिह्न लगाउँदै, साथीहरूलाई सेयर गर्दै, ठाउँको रिभ्यु लेख्दै गर्न सकिन्छ । साथीले त्यसै गरेर फलो म्यापमै गर्न सक्छ । गुगलले म्यापलाई बढी अन्तक्रिर्यात्मक बनाइएको छ । गुगलको नयाँ म्यापमा सम्बन्धित ठाउँ, त्यहाँबाट पुग्ने कुनै निश्चित गन्तव्यका लागि गुगल गर्ने सुविधा छ ।
गुगल म्यापमा राखेका विभिन्न स्थानको तस्बिर, थ्रीडी दृश्य खोजेर हेर्न सकिने सुविधा छ । जीपीएसले व्यक्तिको अहिलेको अवस्थासमेत ट्रयाक गर्न सक्ने भएकाले गुगल म्याप पहिलो पटक नेपाल घुम्न आउनेका लागि समेत भरपर्दो गाइड बन्न सक्छ । यसरी मुलुकको म्यापिङ गुगलमा गरेर नेपालबारे जान्न चाहनेलाई जानकारीको भण्डार किन नबढाइदिने ? एन्ड्रोइड मोबाइल लिएर घुम्न निस्किहालौं ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!