
महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागि पुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ । महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने उक्त अध्ययनले दावी गरेको छ ।
पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइएको छ । अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथि हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्वीकार गर्छिन् ।
यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्ससम्बन्धी कुनै आपत्तिजनक कुरा बताए पनि वेवास्ता गर्ने गरेको बताएको छ । शरीरको भाषाकी विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरूषका बारेमा कुनै निर्णय लिनुपर्दा उनीहरूको हाउभाउ बढी ध्यान दिने गर्छन् ।
पुरूषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त पुरूषको बारेमा आफ्नो धारणा तयार गर्ने बूडले बताइन् । उनले महिलाको यही कमजोरीका कारण पुरूषले सहजै पट्याउन सक्ने र सेक्सका बारेमा आपत्तिजनक कुरा समेत सहजै भन्ने गरेको बताउँछिन् ।
बूडले महिलाहरुलाई पुरूषको मुस्कानबाट बच्नका लागि सल्लाह दिएकी छिन् । उनले पुरूषले आफूबाट के चाहेको त्यो पहिले विचार गर्नुपर्ने बताउँछिन् । उसको व्यवहार समेत ध्यानमा राख्नुपर्ने उनको धारणा थियो ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!