.jpg)
तेजन खड्का, उर्लाबारी, ८ असार, हरेक मानिसहरुको सौख र चाहना प्रायः भिन्न भिन्न हुन्छन् । त्यस्तै एक फरक सौख भएका व्यक्ति हुन्, झापा दमकका क्रिजल बस्नेत । उनको सौख देख्दा जो कोहीलाई आश्चर्य चकित बनाउछ । बस्नेत आफ्नो नङ लामो पालेर विश्वमा रेकर्ड राख्ने ध्याउन्नमा छन् । आफुले पालेको हातको नङ नेपालकै सबैभन्दा ठूलो भएको दाबी बस्नेतको छ । २२ वर्षीय क्रिजल भन्छन्, नङ पाल्न थालेको अढाई वर्ष भयो । नङ ५ इन्च लामो छ । त्यसैले म नेपालको सबैभन्दा लामो नङ भएको व्यक्ति हुँ ।' ३५ वर्षको हुँदा विश्वकै लामो नङको कीर्तिमान बनाउन चाहन्छु, बस्नेत दावी गर्छन्, अहिलेसम्म मेरो जतिको लामो नङ भएको कोही भेटेको छैन् । आफ्नो नङको सबैले प्रशंसा गरेपछि पाल्न थालेको क्रिजलको भनाई छ । सानैदेखिको सौख भए पनि विद्यालयमा पढ्दा शिक्षकहरुले गाली गरेको कारण आफुले त्यस बेला नङ पाल्न नसकेको उनले बताए । 'कति लुकाएर पाल्न खोजें, अँह सकिन, उनले अतित सम्झिए, साथीहरुले सरलाई पोल लगाइदिई हाल्ने । फेरि कक्षा मनिटर पनि आफै भएकोले पनि त्यसवेला नङ पाल्ने सौखलाई त्यहि विश्राम गरें । ०६२/६३ सालको जनआन्दोलनका क्रममा तत्कालीन माओवादी कार्यकर्ताले घरमा आएर नङ काटिदिँदा आफु धेरै दु:खी भएको उनले बताए । त्यसबेला म धेरै रोएको थिए । अढाई वर्ष अघिदेखि मात्र पाल्न सुरु गरेका माओवादीले काट्दा उनको नङ दुई इन्चको थियो । करिब ९ महिना अघिसम्म उनले दाहिने हातको पाँचवटै औंलामा नङ पालेका थिए, तर चारवटा औंलाका नङ काटेको प्रति हाल उनी पछुतो महसुस गर्छन् । बस्नेत भन्छन्– 'यस्तो प्रशंसा हुन्छ भन्ने जानेको भए नङ काट्ने नै थिइन । बस्नेतलाई नामले भन्दा पनि आजभोलि लामो नङ भएको केटा भनेर धेरैले चिन्ने गरेका छन् । बसमा यात्रा गर्दा धेरैले नङबारे धेरै जिज्ञासा राख्ने गरेको उनले बताए । हामी त कति नङ पाल्न खोज्छौ भाचिँ हाल्छ, तपाईको त कति राम्रो नङ कसरी यति लामो नङ पार्नु भयो भनेर सोध्ने गरेको क्रिजलको भनाई छ । लामो नङ देख्दा युवतीहरु झुम्मिने गरेको उनको अनुभव छ । 'नङ लामो भएर सबैले चिन्ने र प्रशंसा गर्ने गरेकोमा खुशी भएका क्रिजल नेपालमा कस्को लामो नङ छ भनेर प्रतियोगिता नभएको बताउँछन् । नङको कारण कसैबाट नकारात्मक प्रतिक्रिया क्रिजलले पाएका छैनन् रे । क्रिजल भन्छन्,- 'नङ पालेर नै विश्व कीर्तिमान राख्ने हो ।' एसएलसी उत्तीर्ण क्रिजल हाल पाँचथरमा उत्पादित अदुवा, कागती, कुचो, खोर्सानी आदि सामाग्रीको व्यापारमा संलग्न छन् । दैनिक काम गर्दा हालसम्म पनि नङमा कुनै असर नपुगेको बताउँदै क्रिजलले जीवनभर नङ नकाट्ने अठोट लिएका छन् । नङमा मात्र वार्षिक १५ हजार रुपैयाँ खर्च हुने उनले बताए । नङमा पोलिस र सफा गर्न आफ्नो खर्च लाग्ने उनले बताए । यदि नङ भाँचियो भने आफु संसारको दु:खी हुने बस्नेतको भनाई छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!