Headlines News :
Home » » कुलंगार छोराले बाबुआमालाई काटेर मासु पकाएर खायो

कुलंगार छोराले बाबुआमालाई काटेर मासु पकाएर खायो

राक्षस सन्तान भएपछि कसको के लाग्छ ? हंगकंगमा एक कपूत छोरोले आफ्नै बाबुलाई काटेर उनीहरुको मासु खाएको छ । आफ्ना ६५ वर्षका बुवा चाउ विंग की र ६२ वर्षकी आमा सिउ उएट यी लाई मार्नका लागि त्यो कपूतले आफ्ना साथीहरुको सहयोग लिएको थियो । ती वृद्धवृद्धा हराएको केही दिनपछि गएको मार्चमा उनीहरुकै अपार्टमेन्टमा रहेको रेपि|mजेरेटरमा उनीहरुको काटिएको टाउको प्रहरीले फेला पारेपछि हत्यामा उनीहरुकै छोरो संलग्न रहेको खुलासा भएको थियो । टाउको बाहेकका अन्य अंगको मासु पकाएर लञ्चबक्समा भातसँगै प्याक गरेको अवस्थामा फोहोर फ्याँक्ने भाँडोमा भेटिएको थियो । बाबुआमाको त्यस्तो नृसंस हत्या गरेर मासु खाने धृष्टता गर्ने निर्दयी कपूतको नाम हेनरी चाउ हो, जो ३० वर्षको छ । उसलाई उसको साथी सी चुन केइले साथ दिएको थियो । अदालतमा चाउले बाउ आमा मारेको आरोप स्विकार गरेपनि सहयोगी चुनले पनि आरोप अस्विकार गर्दै आफु निर्दोष रहेको दाबी गरेको छ । प्रहरीका अनुसार चाउले आफ्ना बाउआमा मार्नका लागि महिनौँदेखि योजना बनाएको थियो र साथी सँग मिलेर चक्कु, रेपि|mजेरेटर, माइक्रोवेभ ओभन तथा राइस कुकुर किनेर राखेको थियो
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts