काठमाडौँ साउन, ३ गते ।
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नागार्जुन दरबारमा बस्ने तयारी सुरु गरेका छन् ।
झन्डै दुई वर्षअघि देखि नागार्जुन दरबार प्रवेश नगरेका ज्ञानेन्द्रको परिवार छिट्टै सो दरबारमा जाने तयारीमा लागेको हो । छोरा पारस नेपाल आउने भएपछि पूर्वराजाको परिवार केही समय नागार्जुन र केही समय निर्मल निवास बस्ने तयारीमा लागेको हो ।
उनी विगत दुई वर्षदेखि निर्मल निवासमै बस्दै आएका छन् । ‘नागार्जुन बस्न सबै भवन बगै“चा र बाटोघाटो सफाई सुरु भएको छ, दरबार निकट स्रोतले भन्यो ।’ पूर्वराजाको सचिवालयको आदेश अनुसार निर्मल निकासकै कर्मचारीले नागार्जुन दरबार परिसरभित्र सफा गर्न थालेका छन्, आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!