Headlines News :
Home » » मलेसियामा नेपालीको घाँटी रेटेर हत्या

मलेसियामा नेपालीको घाँटी रेटेर हत्या

साउन ३ - महोत्तरीको किसाननगर ७ घर भएका २५ बर्षका सुमन भनिने चेतराज गिरीको मलेसियामा हत्या भएको छ । चार बर्ष अघिदेखि मलेसियाको जोरबारुमा रहेको इनोसेरामेटिक कम्पनीमा कार्यरत गिरीको नेपाली र भियतनामी साथी मिलेर घाँटी रेटेर हत्या गरेका हुन् । चेतराजको साथमा रहेको ४५ सय रिङगेट (करिब डेढ लाख रुपैयाँ) लुट्ने उद्देश्यले एउटै कम्पनीमा कार्यरत साथीहरुले गएको असार २८ गते राती ११ बजे उहाँको हत्या गरेका मृतकका आफन्त लक्ष्मण गिरीले बताउनुभयो । हत्यापछि कम्पनी नजिकैको झाडीमा फालिएको अवस्थामा गिरीको शव फेला परेको थियो । अविवाहित गिरी चार बर्ष अघि रोजगारीको लागि मलेशिया गएदेखि घर फर्कनु भएको थिएन । राम्रो कमाई र सजिलो काम भएको कारण गिरीले समय थप गर्दै काम गर्दै आएका आफन्तहरुले बताएका छन् । गिरीले बेला बेलामा घरमा पैसा पठाउँदै आउनु भएको थियो । घटनामा संलग्न भएको आशंकामा स्थानिय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आफन्तहरुले मृतकको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरेका छन् । सरकारले आवश्यक सहयोग नगर्दा शव नेपाल ल्याउन ढिलाई भएको मृतकका फुपुका छोरा लक्ष्मण गिरीले बताउनुभयो ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts