Headlines News :
Home » » पानी पिएर बोत्तल फाल्नु नपर्ने बोत्तल पनि चपाएर खान मिल्ने

पानी पिएर बोत्तल फाल्नु नपर्ने बोत्तल पनि चपाएर खान मिल्ने

लन्डन । तपाई आफ्नो मन लागेको पेय पदार्थ वा पानी पिउनुहुन्छ, अनि त्यसको बोत्तल कुनै रोडको कुनामा फाल्दिनु हुन्छ । जसको कारण तपाइँको वातारण अत्यन्त प्रदुषित बनेको हुनसक्छ तर अव त्यसो नगर्नुस बोत्तल नै खाइदिनुस् ।



स्पेनिश शोधकर्ताहरुले अब पानीसंगै बोतल पनि खान मिल्ने बनाएका छन् । यसै अनुरुप अब तपाइले पानी पिएपछि त्यसको बोतलको चपाएर खान सक्नुहुन्छ । डिजाइनरहरु मध्य एक रोड्रिजो गार्सिया गोंजालेजले बताए अनुसार यो झिल्ली जस्तै देखिने बोत्तलको ओहो नाम राखिएको छ । जो सरल, सस्तो, टिकाऊ, स्वच्छ हुन्छ, अनि खानको लागि पनि अति उपयोगी हुन्छ ।

ओहोमा राखिएको पानी पिउनको लागि तपाइले उक्त बोत्तललाई प्वाल पार्नुपर्छ । पानी पिउनु पर्छ, अनि बाँकी रहेको बोत्तल पनि खान पाउनुहुन्छ । यसले तपाइँको वातारण पनि स्वच्छ, सफा र हराभरा पार्छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts