Headlines News :
Home » » यो अमेरिकी छाउरो बन्यो विश्वकै कुरुप कुकुर ....

यो अमेरिकी छाउरो बन्यो विश्वकै कुरुप कुकुर ....

विश्वमा राम्राहरुको मात्र प्रतिस्पर्धा हुँदैन । कुरुपको मामिलामा पनि सबैभन्दा कुरुप आफुलाई सावित गर्न समेत तछाडमछाड हुन्छ । अमेरिकामा यो पटक पनि विश्व कुरुप कुकुर प्रतियोगिता भयो । जहाँ एक से एक घिनलाग्दा तथा कुरुप कुकुरहरु प्रतिस्पर्धामा उत्रिए । कसैका जिउमा भुत्ला थिएनन् । कतिका दाँत र आँखा बाहिर निस्किएका अनि कतिका भुत्ला नै घिनलाग्दा । यस्ता एक से एक कुकुरलाई पछि पार्दै पिनट नामको कुकुरले यो वर्षको विश्वकै सबैभन्दा कुरुप कुकुरको उपाधि हात पार्यो । २ वर्षको त्यो छाउरो देख्दै निकै कुरुप छ । उसका सेतो-खैरो भुत्ला, बाहिर निस्किएका आँखा तथा दाह्राजस्तै बाहिरिएका कुरुप दाँत यद्यपि निकै फुर्तिलो । पिनट कुकुरकी मालिक्नी होली चान्डलर नर्थ क्यारोलिनाको गि्रनभिल्लेमा बस्छिन् र आफ्नो कुकुर देख्दा कुरुप भएपनि स्वस्थ भएको दाबी गर्छन् । आफ्नो कुकुरले विश्वकै सबैभन्दा कुरुप कुकुरको उपाधि जित्नुले विश्वमा जनावरमाथि भैरहेको दुव्र्यवहार रोक्न जनचेतना जगाउन सहयोग पूराउने दाबी उनको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts