Headlines News :
Home » » यस्ती यूवती जसको आधा शरिर स्यालको जस्तो ! (तस्विर सहित)

यस्ती यूवती जसको आधा शरिर स्यालको जस्तो ! (तस्विर सहित)

पाकिस्तान । पाकिस्तानको बाणिज्यिक राजधानी कराँचीमा रहेको एक चिडियाघरमा एक आधा स्त्री र आधा स्यालको शरिर भएकी महिला अहिले प्रमुख आकर्षणको केन्द्र बनेकी छन । यहाँ आउने मानिसहरू यी मुमताज बेगमलाइ देखेर अचम्ममा पर्दछन । यहाँ आउने मानिसहरू उनलाइ हेर्दछन, उनीसंग कुरा गर्दछयुन र धेरै खुसी भएर फर्कन्छन । यहाँ उनीहरूले भरपुर मनोरन्जक पनि पाउँदछन । मुराद अली मुमताजको चरित्र निभाउने ती पुरूष हुन, जसले दिनमा १२ घण्टा यसरी बिताउँदछन । हात्ती, हरिण र जरायो त चिडियाघरमा जहिँपनि देख्न पाइन्छ तर यस्तो अचम्मको प्राणी भने भलै मात्र हेर्न पाइन्छ । एक पौराणिक कथाको पात्र आधा स्याल र आधा महिलाको कल्पनालाइ साकार पार्नका लागी गरिएको यो प्रयास यो पिँढिका लागी चिडियाघरको प्रमुख आकर्षण रहेको छ । यो नै मुमताज बेगमको घर हो । यहाँ रहेको एक विशेष रूपमा डिजाइन गरिएको ओछ्यानमा रहेकी यी अर्ध श्यालस्त्री सुतिरहेकी देखिन्छिन । उनी यहाँ आउने मानिसहरूसंग कुरा गर्दछिन र उनीहरूलाइ मनोरंजन दिन्छिन । यहाँ आउने मानिसहरू खुसी भएको महसुस गरेर ममताज आफैं पनि निकै खुसी हुने बताउँछिन । उनी भन्छिन म र अरू मानिसहरूका बिचमा मायाको बन्धन छ, जिवन निकै छोटो छ, यसमा मुस्कान लिएरनै बाँच्नु पर्दछ । रमाइलो कुराकानी बाहेक मुमताजलाइ एक भविष्य बताउनेका रूपमा लिइन्छ । यहाँ चिन्तित आमाहरू छोरीको विवाहका लागी सोध्न आउँछन भने छात्राहरू उनीहरूको परीक्षा परिणामका बारेमा सोध्दछन । एक मजदुर मोहम्मद इस्माइल भन्छन ‘मैले यस्तो जीव ४०।
४५ बर्ष पहिले बालककालमा मुमताज महल ९एक सर्कसमा० देखेको थिए । अहिले नाति नातिनाका साथमा यो हेर्न पाउँदा निकै खुसी लागेको छ । १६ बर्ष अघि उनका बाबुको मृत्यु भएपछि अहिले छोराले यो भूमिका गरिरहेका छन । चिड़ियाघरका निर्देशक, मोहम्मद फहीम खान, भन्छन मुमताज ४० बर्ष अघि सर्कसमा देखिएको चरित्रलाइ अहिले मानिसहरूका बिच एक स्थायी प्रदर्शनीको हिस्सा बन्न सफल भएको छ । यो अचम्मको प्राणी मुमताजलाइ हेर्नका लागी १० रूपैया टिकट लाग्दछ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts