काठमाडौं, आषाढ १५ । काठमाडौं धापासीस्थित ग्रान्डी अस्पतालमा मेसिनमा च्यापिएर टुक्रिएको हल्केलालाई सफल रुपमा जोडिएको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरी गोरखाका २८ वर्षीय मनबहादुर सुनारको बायाँ हातको हत्केला गत बुधबार काठ चिर्ने मेसिनमा परेर छुट्टिएकोमा १२ घन्टा लगाएर सफल रुपमा जोडिएको जानकारी दिएको हो ।
ग्रान्डी अस्पतालका चिकित्सकहरु डा. जयनमान श्रेष्ठ, डा. भाष्करराज पाण्डे, डा. ज्योति रायमाझी लगायतको टोलीले सफल रुपमा शल्यक्रिया गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपालमा यस्तो शल्यक्रिया पहिलो पटक भएको पनि अस्पतालले दाबी गरेको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!