वि.सं. २०७१ आषाढ १५ गते आइतबार तदनुसार ईश्वीसन् ई. सं. २०१४ जुन २९ तारिख,
प्लवङ्ग नामको संवत्सर, शाके : १९३६, श्रीसूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. : ११३४, (दिल्लाथ्व)
आज श्री जगन्नाथ रथयात्रा, दहीचिउरा खाने दिन, असारको पन्ध्र, त्रिपुष्कर योग बिहान ०८।०५ बजेसम्म,
चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त),
आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : उत्तर, वारशूल : पश्चिम,
काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:१२:०५ बजे र सूर्यास्त : ०७:०१:३५ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:०६:४७ बजे र सूर्यास्त : ०६:५१:३५ बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय : ०५:२६:१४ बजे र सूर्यास्त : ०७:१७:२४ बजे,
आषाढ शुक्लपक्षको द्वितीया तिथि, दिउँसो ३ बजेर २० मिनेटसम्म, त्यसपछि तृतीया तिथि,
पुनर्वसु नक्षत्र बिहान ७ बजेर ४४ मिनेटसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र,
व्याघात योग बेलुका ८ बजेर ५७ मिनेटसम्म, त्यसपछि हर्षण योग,
कौलव करण दिउँसो ३ बजेर २० मिनेटसम्म त्यसपछि तैतिल करण,
राहुकाल दिउँसो ५ बजेर ०८ मिनेटदेखि साँझ ६ बजेर ५२ मिनेटसम्म,
काल बारबेला दिउँसो ११ बजेर ५९ मिनेटदेखि १ बजेर ४२ मिनेटसम्म,
रोग बारबेला दिउँसो ३ बजेर २५ मिनेटदेखि ५ बजेर ०८ मिनेटसम्म ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज विदेश वा प्रवासमा बसेर कामधन्दार व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । शरीरमा थकान र आलस्य देखिनसक्छ र खर्चको मात्रासमेत बढ्नेछ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । समग्रमा आजको दिन राम्रो छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो, भाँती पुर्याएर बोल्नुहोला । तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
तपाईंका मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । आज तपाईंको महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको यात्रा हुने प्रबल सम्भावना छ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला, खराब समय छ । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइसित भेटघाट हुने योगसमेत छ । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या आइलाग्न सक्छ । आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने आज अनुकूल समय हो । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । आजको तपाईंको निर्णय क्षमताको भने प्रशंसा हुनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विद्यार्थीका लागि आफुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने दिन हो, आज । कुनै भौतिक सुविधाको दीर्घकालिक जोहो हुने सम्भावना छ । आज चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ, आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!