दैलेख बेल्पाटा ५ चुप्राकी २३ वर्षीया खुमा खत्री(तिमिल्सेना) सम्पर्कविहीन भएकी हुन् ।
माइतीघर बाँकेको राधापुर ६ बाट औषधि गर्न नेपालगन्ज आएकी खत्री हराएको परिवारले जनाएको छ ।
हराएकी श्रीमतीको खोजीका लागि पति यज्ञबहादुर तिमिल्सेनाले जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिनुभएको छ । निवेदनमा खुमासँग सात लाख रुपैयाँ नगद र सुनका गरगहना भएको उल्लेख गरिएको छ ।
यसैगरी खुमाका दाजु देवबहादुर खत्रीले पनि बहिनीलाई खोजतलास गर्न प्रहरीलाई अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी शेखर कोइरालाले खुमाको खोजी कार्यलाई तदारुकताका साथ अघि बढाइएको जानकारी दिनुभयो ।
प्रहरीले खत्री हराएको निवेदन पर्नासाथ खोज तलाससँगै अनुसन्धान कार्यलाई पनि अघि बढाइएको जनाएको छ । source : ujyaloonline


0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!