यदि तपाइँको फोन पानीमा भिज्यो वा फोनमा पानी पस्यो भने सट सर्किटको खतरा हुन्छ । त्यसकारण फोन तत्काल अफ गर्नुस् । फोन अफ गरेपछि फोनमा रहेको सिम ब्याट्रि वा मेमरी कार्ड लगायतका एक्सेसरिज बाहिर झिक्नुस् । यसो गर्दा सट सर्किट हुने र उपकरणहरु विग्रने सम्भावना कम हुन्छ ।
यदि फोनमा नोकिया लुमिया वा आइफोनमा जस्तै हटाउन नसकिने ब्याट्रि छ भने सिधा पावर बटन थिचेर अफ गर्नुस् । फोनका एक्ससरिज झिकिसकेपछि फोनलाई घाम वा कुनै तातो स्थानमा सुकाउनु बुद्धिमानी हुन्छ । यसका लागि पेपर न्याप्किन सबैभन्दा उपयुक्त चिज हो । न्यापकिन नभए पातलो सुख्खा कपडामाथि राखेर पनि फोन सुकाउन सकिन्छ । मोबाइलको भित्री भाग सुख्खा नभए सम्म फोनमा पुनः एक्सेसरिज राख्ने र अन गर्नु हुँदैन । यसरी सुकाउँदा चामलमा राखेर सुकायो भने छिटो सुक्छ । किन भने चामलले चिसोपन छिटो सोक्ने क्षमता हुन्छ ।
चामल भित्र फोनलाई सिधै राख्नुको साटो सिलिका जेल प्याक silica gel pack को प्रयोग गर्न सकिन्छ । यसमा पनि चामलमा भन्दा बढी चिसो सोक्ने क्षमता हुन्छ । भिजेको फोनमा के गर्नु हुँदैन भिजेको फोन कहिल्यै पनि ड्रायरमा सुकाउनु हुँदैन । ड्रायरले तातो हावा फ्याक्छ त्यसले फोनको सर्किटमा घाटा हुन्छ । फोन पुरै नसुके सम्म हेडफोन वा युएसवी पोर्ट जस्ता उपकरण पनि प्रयोग नगर्नुस् ।





0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!