बागलुङ २० असार । बागलुङको बुर्तिवाङदेखि सदरमुकाम बागलुङ बजार तर्फ आइरहेको जिप बुर्तिवाङ ४ खल्टुबोटमा शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार सात जना घाइते भएका छन् ।
ना १ ज ३७५४ नम्बर जिप छुटेको १० मिनेटमै दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते मध्ये बोवाङ गाविसका पुर्व गाविस अध्यक्ष शेरमान घर्ती, पैयुपाटा घर भई खुंगा गाविस सचिवको रुपमा कार्यरत युवराज शर्मा, बुर्तिवाङका विष्णुमाया रोकाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अधिकारीचौरका केशमाया घर्ती, चालक दर्लिङका सुवास प्रताप केसी, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजकिशोर यादव, बुर्तिवाङका नेत्र चालिसे रहनुभएको छ । घाइतेहरुको बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भिर घाइते तीन जनालाई थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!