Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७१ साल श्रावण ४ गते आइतबार -

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल श्रावण ४ गते आइतबार -


आजको पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण ४ गते आइतबार, तदनुसार जुलाई २० सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमानअनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ ।
शौरमान अनुसार आज श्रावणकृष्णपक्षको नवमी तिथि ४४ घटि १८ पला अर्थात राति ११ बजेर ०४ मिनेटसम्म त्यसउप्रान्त दशमी तिथि लाग्नेछ । आज सूर्य कर्कट राशिमा रहेको छ भने चन्द्रमा मेष राशिमा अहोरात्र रहनेछ ।
आज दिनमान ३४ घटि २ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २१ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शत्रुहरू सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, कारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी, दिन खराब रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
 मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, वैदेशिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्यमा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभरनैरास्यता बढ्नेछ, समय खराब छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक कार्यतिर समय खर्च, पतिपत्नीबीच वैमन्यश्यता, आम्दानीका श्रोत घट्ने, दिन खर्चालु हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
 इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेमप्रसँग सुमधुर, यात्रा फलदायी रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनोरञ्जन तिर मन जाने, रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
 यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुनेछ, गरेको कार्य अर्थहिन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
टाढाकोे यात्रामा शारीरिक पीडा, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका, दिन सामान्य रहेकोछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
 शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ हुनेछ, सबै काममा राम्रो सफलता मिल्नेछ, समयको सदुपयोग गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
 सरकारी काम असफल हुनेछ,  पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।

आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल श्रावण ४ गते आइतबार बिहान ५:२१ बजेदेखि ६:५१ बजेसम्म उद्वेग बेला, बिहानमा ६:५१ बजेदेखि ८:२१ सम्म चर बेला, बिहानमा ८:२१ बजेदेखि ९:५१ बजेसम्म लाभ बेला, बिहानमा ९:५१ बजेदेखि ११:२१ बजेसम्म अमृत बेला, बिहान ११:२१ बजेदेखि दिनमा १२:५१ बजेसम्म काल बेला, दिनमा १२:५१ बजेदेखि २:२१ बजेसम्म शुभ दिनमा २:२१ बजेदेखि ३:५१ बजेसम्म रोेग साँझ ३:५१ बजेदेखि ५:२१ बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज पूर्व र उत्तर बाहेक अन्य कुनै पनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा ४:३० बजेदेखि ६:०० बजेसम्म राहुकाल रहनेछ । यो समयभित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts