अमेरिकी सेनाले युद्धका समयमा प्रयोग गर्न उड्ने ट्रक तयार पारेको छ।
जमिनमा गुड्न पनि सक्ने र उड्न पनि सक्ने यो ट्रक हेलिकप्टर आफैमा एउटा रोबोट हो। यसलाई रोबोट योद्धाका रुपमा लिन सकिन्छ।
यो उड्ने ट्रकमा कुनै चालक भने हुँदैन् । हाल अमेरिकाले चलनमा ल्याएको ड्रोन जस्तै यसलाई रिमोटबाट चलाइने पपुलर साइन्सले जनाएको छ।
यो हेलिकप्टर औषधी ओसार्ने र मृत शबहरु युद्धस्थलबाट ल्याउन उपयोगी हुने बताइएको छ।
हाल परिक्षणमै रहेको यो ट्रक हेलिकप्टरको सम्पुर्ण परिक्षण गरिने र निकट भविष्यमा अमेरिकी सेनामा समावेश गरिनेछ।
उडने र गुड्ने बेलामा यसले आफ्नो आकार फरक फरक पार्न सक्छ। उड्ने समयमा यसका ८ वटा पंखा माथी फर्कन्छन् भने जमिनमा ट्रक झै गुड्दा पंखाहरु दायाँ बायाँबाट तल फर्किन्छन्।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!