Headlines News :
Home » » राजिनामा दिएर भाग लिएकी ममता बनिन् ‘मिस नर्स’

राजिनामा दिएर भाग लिएकी ममता बनिन् ‘मिस नर्स’

सौन्दर्य प्रतियोगिताले अब समाजका हरेक तप्का र क्षेत्रलाई समेत छुन थालेको छ । यही क्रममा शनिबार चितवनमा ‘ मिस नर्स चितवन २०१४’आयोजना भएको छ । अस्पतालले अनुमती नदिएपछि राजिनामा दिएर नै अडिशनमा भाग लिन पुगेकी ममता पाण्डेले ताज जितेपछि भनिन्-’मैले सोचेको पनि थिइन् कि म यो ताजको हकदार बन्नेछु ।



आज मैले पाएको खुशी जिन्दगीको सबैभन्दा ठूलो हो ।’ स्टि्रङ्ग मिडियाको आयोजनामा सम्पन्न भएको यो उपाधीको मुल्यांकन गर्न नायिका गरिमा पन्त पनि पुगेकी थिइन् । विजेता ममताले एक थान स्कुटीको साथमा म्यूजिक भिडियो र चलचित्रमा काम गर्ने अवसर पनि पाएकी छिन् । यो प्रतियोगितामा फस्ट रनरअप अन्जुला सुनार र सेकेन्ड रनर अप रचना पुरी हुन सफल भएका छन् ।
उनीहरुले क्रमश २५ र १५ हजार नगद पुरस्कार पाएका छन् । उनीहरुलाई पनि म्यूजिक भिडियो र चलचित्रमा अभिनय गर्ने अवसर दिइने आयोजकले बताएको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts