महानगरपालिका सभासदस्य तोमोनागा ओसादाले यस प्रकारको प्रस्ताव राखेपछि कडा चेतावनी प्राप्त गर्नुभएको छ र उहाँलाई यस विषयमा माफी माग्न बाध्य बनाइएको छ । उहाँको भनाइबाट क्रुद्ध भएका व्यक्तिहरूले उहाँलाई गाली गर्दै फोन गरेका छन् ।
ओसादाले आफूले निन्दनीय टिप्पणी नगरेको तर आफू यस विषयमा दुःखी भएको माइनिची सिम्बुनलाई बताउनुभयो । उहाँले उक्त टिप्पणी सभाको नियमित बैठकमा गत महिना गर्नुभएको हो । उहाँले नवविवाहितको यौनसम्पर्क क्षमता विस्तार गर्न उनीहरूलाई जापानी सखरखण्ड वितरण गर्नुपर्ने पनि बताउनुभएको थियो ।
उहाँले जापानी प्रसारण संस्था एनटीभीलाई आफ्नो नगरसभा राम्रो र मैत्रीपूर्ण स्थान होस् भनी यसप्रकारको टिप्पणी गरेको बताउनुभयो । उहाँले बालबालिका जन्माउन नसक्ने व्यक्तिको अपमान गर्ने वा उनीहरूको आलोचना गर्ने आफ्नो कुनै मनसाय नभएको बताउनुभयो ।
जापानमा जन्मदर विश्वकै सबैभन्दा कम भएका मुलुक सरह मानिन्छ र टोकियो हाल द्रूत रूपमा बढिरहेको प्रौढ व्यक्तिमा भएको सामाजिक सेवा खर्च कम गर्न प्रयासरत् छ । एएफपी



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!