Headlines News :
Home » » फलामे अण्डकोष भएका मानिस-भिडियो

फलामे अण्डकोष भएका मानिस-भिडियो


प्रायः प्रौढहरु पार्कमा बिहान–बिहान केही बेर हिँड्न र टहलिन जान्छन्। तर चीनका एक ७० वर्षीय पूर्व रेल कर्मचारीको दिनचर्या अर्के छ । झाउ चेंग ली नाम गरेका ती व्यक्ति विहानै पार्कमा गएर यस्तो व्यायाम गर्छन् जसले सबैलाई चकित बनाइदिन्छ । उनी आफ्नो अण्डकोषमा हतौडा, फलामको वस्तु र इंटाले हानेर व्यायाम गर्छन् । यसो गर्दा उनी एक छिन् पनि टसमस गदैनन् । चीनको हुवेइ प्रान्तका लीका अनुसार यस व्यायामलाई ‘आइरन क्रच किगोंगल’ भनिन्छ । साओलिन कङफुमा यो सबैभन्दा अप्ठ्यारो विधा पनि हो । यसमा दैनिक रुपमा आफ्नो अण्डकोष भएको भागमा प्रहार गर्नुपर्ने हुन्छ । यस विधालाई केही चुनिएका विद्यार्थीहरुलाई मात्र सिकाइने गरिन्छ । यो विधा सिकेपछि एक योद्धा मैदानमा अद्वितिय हुने मानिन्छ । यो कसरी सिकाइन्छ भन्ने कुरा अझै पनि सार्वजनिक भएको छैन । यसको गलत प्रयोग हुने आशंकामा निकै सावधानी पूर्वक गुरुबाट विद्यार्थीमा यो विधा सिकाइन्छ । केही भिडियोहरुमा साओलिनका गुरुहरुले आफ्नो अण्डकोषको मद्दतले निकै ठूला तौल उठाएको देख्न सकिन्छ । केही विद्यार्थीहरुले २२ केजीसम्म भार उठाउन सकेको पाइएको छ । यस विधिले मानिसको प्रतिरोधात्मक शक्ति बढ्ने र फुर्ती दिने बताइन्छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts