
महिलाको सौन्दर्यतालाई निर्धारण गर्ने यही कपालले चीनीयाँ एक महिलालाई भने चर्चाको विषय बनाइदिएको छ । ती ४० वर्षीय चीनीयाँ महिला चेन यिङग्युनको कपालले अहिले सबैतिर चर्चा पाउन थालेको छ । कारण हो उनको लामो कपाल । प्राय महिलाको कपाल लामो भनेको कम्मरसम्मको हुन्छ तर चेनको कपाल भने उनको उचाई भन्दा लामो छ । ४० वर्षीय चेन आफू मात्र ५ फिट अग्ली छिन् भने उनको कपाल भने ६ फिट ७ इन्च लामो रहेको छ । उनले यो कपाल करिब ११ वर्षदेखी पालेकी हुन् । ११ वर्षदेखी उनले उक्त कपाल काटेकी छैनन् ।
उनी आफूले यो कपाललाई ११ वर्षदेखी स्याहारेको र अहिले त्यो काम नशा जस्तो नै भइसकेको बताउँछिन् । उनको यो कपाललाई मानिसहरू किन्नका लागि समेत आउने गरेका छन् । उनले अहिलेसम्म कपालका लागी सबैबन्दा धेरै रकम २ हजार पाउण्ड पाएकी छीन् तर उनी भने कपाल दिनका लागी तयार छैनन् । हेरौ चेनको लामो कपालका केहि तस्विरहरू...




0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!