आजको पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण १५ गते बिहीबार, तदनुसार जुलाई ३१ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज श्रावणशुक्लपक्षकोचतुर्थी तिथि १२ घटि ४१ पला अर्थात बिहानमा १० बजेर ३१ मिनेटसम्म त्यस उप्रान्त पञ्चमी तिथि लाग्नेछ । आज सूर्य कर्कट राशिमा रहेको छ भने चन्द्रमा कन्या राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि ३३ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २७ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मित्रहरुको सहयोगले ठूलो काम सम्पन्न, नयाँ रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुने ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ, दिन शुभ छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ व्यवसाय गर्नतिर मन जाने, पारिवारिक समस्या सुल्झिनेछ, लामो समयदेखि गरको कार्यमा सम्मान मिल्ने।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सरकारीपक्षबाट सहयोग, नयाँ साथीसँग सम्बन्ध गासिने, सामाजिक सक्रियता, सहयोगी हातहरु बढ्दै जानेछन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुन सक्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक लेनदेनमा विवाद हुनेछ, धार्मिक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोजगारी बाट आत्मसन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्ने, मानसम्मानको अवसर प्राप्त ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल श्रावण १५ गते बिहीबार बिहान ५:२७ बजेदेखि ६:५७ बजेसम्म शुभ बेला, बिहानमा ६:५७ बजेदेखि ८:२७ सम्म अमृत बेला, बिहानमा ८:२७ बजेदेखि ९:५७ बजेसम्म काल बेला, बिहानमा ९:५७ बजेदेखि ११:२७ बजेसम्म शुभ बेला, बिहान ११:२७ बजेदेखि दिनमा ११:५७ बजेसम्म रोग बेला, दिनमा १२:५७ बजेदेखि २:२७ बजेसम्म उद्वेग दिनमा २:२७ बजेदेखि ३:५७ बजेसम्म चर साँझ ३:५७ बजेदेखि ५:२७ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज पूर्व दिशाको बाहेक अन्य कुनै पनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा १:३० बजेदेखि ३:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!