इमेज च्यानलबाट साप्ताहिक रुपमा शुक्रबार बेलुकी ८:२५ मा प्रशारण हुने कार्यक्रम ‘इ–सेलेब्स’मा अन्तर्वार्ताको क्रममा उनले सो कुरा बताएकी हुन् ।
‘हामी आफ्नै खुट्टामा उभिन चाहन्छौं, आफ्नै बैंक ब्यालेन्स होस्, आफ्नै पैसा खर्च गरौं ।’–अन्तरंग कुराकानीका क्रममा गायिका जोशीले ठट्यौली शैलीमा भनिन्–‘केटाको कमाइ खान नपरोस्, केटाको भनाइ पनि खान नपरोस् ।’
यद्यपि, उनले अहिले नै आफूले विवाहको बारेमा भने केही नसोचेको भन्दै ३० वर्ष उमेर काटेपछि भने घर–परिवारबाट पनि विवाहको लागि प्रस्ताव आउनसक्ने खुलाइन् ।/>कार्यक्रममा गायिका जोशीको करियर, जीवनशैली, बाल्यकाल, संघर्षका दिनहरु लगायतका विविध पक्ष समेटिएको छ । गायिका जोशीसँगको यो कार्यक्रम शुक्रबार (भोलि) बेलुकी प्रशारण हुनेछ ।


0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!