Headlines News :
Home » » ७ लाख ७८ हजार सम्ममा बेचिन्छन्...इराकमा नेपाली महिलाहरु...

७ लाख ७८ हजार सम्ममा बेचिन्छन्...इराकमा नेपाली महिलाहरु...

काठमाडौं । वैदेशिक रोजगारीका लागि द्धन्द्धग्रस्त खाडी मुलुक इराक पुगेका नेपाली महिला त्यही पटक पटक बेचिने गरेका छन् । इराकका विभिन्न सहरमा सक्रिय मानव संशाधन आपूर्ति गर्ने गिरोहले नेपाली महिला कामदारलाई इच्छाविपरीत ७ लाख ७८ हजार सम्ममा बेच्ने गरेको पाइएको छ ।

यसरी बेचिएका महिला कामदारलाई मासिक ४ सय देखि ७ सय अमेरिकी डलरसम्म तलव दिने गरिएको छ । नेपाली महिला कामदार इराकका विभिन्न सहरमा पटक पटक बेचिने गरेको सूचना हामीलाई प्राप्त भएको छ ।

गिरोहले उनीहरुलाई ५ हजारदेखि ८ हजार अमेरिकी डलर सम्ममा बेच्ने गरेको पीडितहरुले इराक पुगेका हाम्रा प्रतिनिधिसँग बताएका छन् पराराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, यसरी बेचिने नेपाली महिलाको संख्या निकै ठूलो छ । - नागरिक दैनिक
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts