Headlines News :
Home » » एक रातकै ८३ हजार डलर... केका लागि होला त ?

एक रातकै ८३ हजार डलर... केका लागि होला त ?

यो कक्षमा जान प्रयोग गरिने लिफ्ट छुट्टै छ र त्यो बुलेटप्रुफ बनाइएको छ भने व्यक्तिको सुरक्षाका लागि विशेष प्रबन्ध गरिएको हुन्छ। त्यहाँ बस्ने पाहुनाको विलासिताका लागि पर्याप्त सुविधा राखिएको पनि होटेलले जनाएको छ। होटेल प्रेसिडेन्ट विल्सन आरामदायी र विशाल आकारका कारण विश्वमै प्रसिद्ध छ। यी महँंगा र आरामदायी कक्षहरू आठौं तल्लामा रहेका छन्। यो होटेलमा स्विट बिजनेस कर्नर, स्विट एक्जुकेटिभ जुनियर, स्विट जुनियर, स्विट लक्जरी, स्विट क्राउन र स्विट प्रेसिडेन्सियल रहेका छन्। महँगो स्विट रुमको हिसाबले लसभेगासस्थित हार्ड रक होटेलको प्रोभोकाटर स्विट पनि पर्छ। यसमा बस्नेले प्रत्येक रातको ३५ सय डलर र साताको सात हजार पाँच सय डलर तिर्नुपर्छ। त्यसैगरी अबुधाबीस्थित होटेल इत्तेहाद टावर्सको रोयल इत्तेहाद स्विट रुम पनि महंगोको सूचीमा पर्छ। यसमा बस्नेले एक रातको अठार हजार तिर्नुपर्छ। अमेरिकाको न्युयोर्क सिटीमा रहेको होटेल वाल्ड्रफ एस्टोरियाका द प्रेसिडेन्सियल स्विटरुमको मूल्य एक रातको १० हजार डलर रहेको छ। लसभेगासकै एरिया रिसोर्ट एन्ड क्यासिनोको स्काई भिल्ला स्विटरुमको मूल्य एक रातको सात हजार पाँच सय डलर रहेको छ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts