Headlines News :
Home » » केही सेकेण्डमा नै जमिनमा बिलिन भए दर्जन बढी कारहरु (भिडियो सहित)

केही सेकेण्डमा नै जमिनमा बिलिन भए दर्जन बढी कारहरु (भिडियो सहित)

एजेन्सी ।
बाल्टीमोरमा लगातार आएको पानीको कारण गएको पहिरोमा स्थानीय मानिसहरुको यस्तो दृश्य देखियो कि उनीहरुले नै पहिरो गएको दृश्य आफ्नै आँखाले देख्ने मौका पाए। पहिरोका कारण कुनै


कसैलाई केही भने नभएको बताइन्छ। उक्त पहिरो हेर्ने मानिसले यसको भिडियो समेत बनाउन भ्याए।
उक्त भिडियो अहिले यूट्युब मा भाइरल भएको छ। यो भिडियो १ मिनेट ३० सेकेण्डको छ र स्पस्टसँग देखिन्छ कि सडक किनारमा एक दर्जन कारहरु पार्किङमा राखिएको थियो तर केही सेकेण्डको बीचमा नै यी कारहरु जमिनमा बिलिन भए। टोड टेस्ला नाम गरेको ब्यक्तिले उक्त भिडियो यूट्युबमा हालेका छन।
घटना बाल्टीमोरको चाल्स गाउँको हो । भिडियोमा देख्न सकिन्छ कि स्थानिय मानिसहरु पल्टिएको कारको तस्बीर तथा भिडियो खिचिरहेका छन। उनीहरुलाई यो कुराको कुनै ध्यान नै थिएन कि केही समयमा नै आफ्नै आँखा अगाडि यति ठूलो घटना घट्ने वाला छ। यहाँ मानिसहरु सडकमा सजिलैसँग यता उता गरिरहेको देख्न सकिन्छ।
सडकमा पुलिस पनि देखिन्छ, मानिसहरु बिना रोकतोक तस्वीर लिइरहेका छन । एक्कासी कल्पना नै गर्न नसकिने गरी ठूलो आवाजका साथ सडक किनारामा पल्टिरहेका कारहरु जमिनमा बिलिन भए। भिडियो लिनेहरुलाई लाग्यो कि कारहरुलाई धरतीले निल्यो ।
स्थानीय मिडियाका अनुसार पहिरोमा जुन पर्खाल ढलेको छ त्यो १२० वर्ष पुरानो थियो र यसको नजिक रहेका १९ घर पहिला नै खाली गरी बासिन्दाहरुलाई सुरक्षित ठाउँमा सारिएको थियो। तीन दिनमा अहिलेसम्म ७१ लाख भन्दा बढी मानिसले उक्त भिडियो हेरिसकेका छन।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts