समयको आपसी कलह अन्त्य हुनेछ । रमाइलोमा अधिक खर्चको समय रहेको छ । कसैलाई अनायासै वचन नदिनु होला ।
मिथुन
मिथुन (का कि कु घ ङ छ के को हा)
कर्मक्षेत्रमा नयाँ अनुभव सँगाल्ने मौका मिल्नेछ । तपाईंको इच्छा शक्ति प्रवल हुनाले ठूलो असोचनिय कार्य शिद्ध हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । राम्रा ब्यक्तिको सङ्गत मिल्नेछ ।
कर्कट
कर्कट (ही हु हे हो डा डि डु डे डो)
बिवादबाट टाढै रहनु नै हितकर हुनेछ । शिक्षामा राम्रा अवसर मिल्ने छन् । आयुर्वेदिक तथा जडिबुटीको ब्यापार फस्टाउने छ । आर्थिक पक्ष मजबुत रहनेछ । खेलकुद जस्ता रचनात्मक कार्यमा सफलता हात लाग्नेछ ।
सिंह
सिंह (मा मि मू मे मो टा टी टु टे)
सम्मान प्रतिष्ठामा आघात पुग्ने छ । असोचनिय समस्या आइलाग्ने छ । अरुको भरमा पर्दा धोका हुने योग रहेको छ । तपाईंका नराम्रा पक्षमा टेकेर माइनस गर्नेहरुबाट सावधान रहनु होला ।
कन्या
कन्या (टो प पी पु ष ण ठ पे मो)
सोचेको पुरा हुनेछ । सामाजिक उत्तरदायित्वका कुरामा जिम्मेवारी पाउनु हुनेछ । आफ्नो नीजि भ्रमण फलदायी रहने छ । अरुको सेवामा समय लागाइने छ । सकारात्मक सोचका कारण कार्य सिद्ध हुनेछ ।
तुला
तुला (र री रु रे रो ता ती तू ते)
आर्थिक रुपमा अपारदर्सिताले पारिवारिक मनमोटाव हुनेछ । सहि कामको उचित जश नमिल्नाले काम गर्ने जोश नै हराउनेछ । सवारी साधनको प्रयोगमा सावधान रहनु होला । मनमा अशान्ति हुनेछ ।
वृश्चिक वृ
श्चिक (तो ना नी नू ने नो या यि यु)
आत्मज्ञानजस्ता सुक्ष्म ज्ञानमा तपाईंको रुची हुनेछ । साथीको ब्यवहारबाट असन्तुष्ट बनिने छ । दार्शनिक बिचारको कारण तपाईंको कद उच्च रहनेछ । साहसिक तथा मेसिनरी बस्तुको ब्यापार फाब्ने छ ।
धनु
धनु (य यो भा भी भू ध फा ढ भे)
सामाजिक कार्यमा सम्मानित बनिनेछ । गाडी वाहन सुख मिल्ने छ । पारिवारिक कार्यमा ब्यस्तता रहनेछ । लामो दुरीको यात्रा सफल हुनेछ । रमाइलोमा खर्च हुनेछ । अरुको भरमा नपर्नु नै बेस हुनेछ ।
मकर
मकर (जो जा जी खी खू खे खो गा गी)
पढाई लेखाइमा ध्यान जानेछ । शैक्षिक कार्यमा सफलता हात लाग्ने छ । परीक्षा प्रतियोगितामा तपाईंको सहभागीता बिशेष रहनेछ । मित्रको साथ पाउनु हुनेछ । स्वास्थ्यको साथ रहने छ ।
कुम्भ
कुम्भ (गू गे गो सा सी सु से सो द)
तपाईंको सोच गलत हुनेछ । अरुबाट धोका वा धम्की आदि सुन्नु पर्ला । स्वास्थ्यको नकारात्मक स्थिति रहने छ । सानातिना बिवादहरु आउने छन् । आर्थिक स्थिति कमजोर हुनेछ ।
मीन
मीन (दि दू थ भ ञ दे दो चा ची)
बैवाहिक जीवन सुखी हुनेछ । आर्थिक रुपमा अपारदर्सी बनिनेछ । कुटुम्बीहरुबाट सर्मसार हुने अवस्था आउन सक्नेछ । मित्रको ब्यवहारले दुःखी बनिने छ । यात्रा घातक रहेको छ ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!