Headlines News :
Home » » कस्तो अचम्म! गर्भवती महिलाले माउसुली जन्माइन्!! [भिडियो सहित]

कस्तो अचम्म! गर्भवती महिलाले माउसुली जन्माइन्!! [भिडियो सहित]

इन्डोनेसियामा एउटी महिलाले माउसुली जन्माएपछि गाउँले अचम्ममा परेका छन् । अन्तराष्ट्रीय समाचार माध्यमका अनुसार इन्डोनेसियाको कुपांग भन्ने ठाउँमा डेबी नुबातोइस नाम गरेकी महिलाले ८ महिनाको गर्भपछि माउसुली जन्माएकी हुन् । हफिंगटन पोस्टको एक समाचार अनुसार यो घटनापछि कतिपय गाउँलेले महिलाको हत्या गर्न चाहेको बताइएको छ । किनभने माउसुली जन्म दिने महिलामाथि जादु र टुनामुना गरेको आरोप छ । तर, बैज्ञानिकहरु भने यो घटनालाई भ्रमपूर्ण बताइरहेका छन् । यता डेबीले माउसुली जन्माएपछि उनलाई मार्ने धम्की आउन लागेको बताइन्छ । डेबी र उनको परिवारमाथि जादु र टुनामुना गर्ने गरेको गाउँलेको आरोप छ । घटनाबारे स्थानीय सहर कुपंगका प्रमुख मेडिकल अधिकृत डा. मेसे अटापाले भने, यो बकवास मात्र हो, कुनै पनि महिलाले माउसुली जन्माएको भन्ने कुरा विश्वास गर्न सकिन्न । कुनै एक प्रजातिले अन्य प्रजातिको शिशु जन्माएको घटना कतै नभएको डा. अटापाको भनाइ छ। उनले महिलामा गर्भ रहेको लक्षण देखिए पनि गर्भवती नभएको हुन सक्ने बताए । - हफिंगटन पोस्टबाट
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts