Headlines News :
Home » » मान्छेको टाउको भाँडोजस्तै कुच्चिएपछि हंगामा ,,

मान्छेको टाउको भाँडोजस्तै कुच्चिएपछि हंगामा ,,

मान्छेको टाउको जीवनको आधारमात्रै होइन, सौन्दर्यको धरोहर पनि हो । तर, आफ्नो टाउकाको एकापटि्टको भाग कुच्चिएर भित्र पसेपछि बेलायती युवक च्यारी निकै चिन्तित बने । तर, उनले यसको विकल्प भेट्टाएका छन् ।
थाइल्याण्डको कोह ताओस्थित एक होटलको बालकोनीबाट खसेपछि बेलायती युवक च्यारीको टाउको कुच्चिएको हो । उपचारपछि पनि आफ्नो खप्पर भाँडोजस्तै कुच्चिएको देखेपछि उनी दुई सातासम्म धुरुधुरु रोएका थिए । यी ३२ वर्षे युवकले आफ्नो कुच्चिएको खप्परको उपचारमा अहिले सफलता पाएका छन् ।
होटलबाट खस्दाको क्षण आफूले सम्झन नसकेको बताउने ती युवक होसमा आउँदा खप्परको एउटा भाग गायव भएको सम्झन्छन् । तर, एक महिनाको कठिन उपचारपछि उनका दिन खुसीले भरिएका छन् । आखिर मानव विज्ञान यस्तो जटिल समस्या समाधान गर्न सक्ने भएको छ भन्ने थाहा पाउँदा च्यारी मात्रै होइन, तपाई हामी सबैलाई खुशी लाग्न सक्छ ।
च्यारीको उपचारका लागि डाक्टरहरुले अति मेहेनतका साथ एउटा थ्रीडी मेटलको खप्पर तयार पारिदिएका छन् । अन्ततः त्यही मेटलको खप्पर नै उनको खुसी ल्याउने साधन बनेको छ ।
कल्पनासम्म नगरिएको खप्परको उपचारबाट पाएको खुसी च्यारी व्यक्त गर्न सक्दैनन् । बीबीसीको समाचारमा च्यारीले भनेका छन्- ‘अहिले म विश्वासै गर्न सक्दिँन कि कति खुशीको अनुभुति भएको छ भनेर ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts