Headlines News :
Home » » ब्राजिल हारेको पीडामा सुनसरीमा युवतीले गरिन आत्महत्या

ब्राजिल हारेको पीडामा सुनसरीमा युवतीले गरिन आत्महत्या

सुनसरी, असार २५ – विश्वकपम फुटबल अन्तर्गत बुधबार विहान भएको खेलमा ब्रजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भरौलकी एक किशोरीले आत्महत्या गरेकी छन् ।
सुनसरी भरौल ९ की १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञाले ब्राजिलले जर्मनीसँग लज्जास्पद हार व्यहोरेपछि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले जानकारी दिनुभयो ।

जर्मनीसँग ब्राजिल हारेपछि निकै हतास देखिएकी प्रज्ञा अरुले जिस्क्याएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । गाउँमा गएर रातिको खेलको विषयमा कुरा गर्दै सबैले उनलाई जिस्क्याएपछि पढ्न भनेर कोठामा छिरेको त्यहीँ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रज्ञाका बुबा वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ । विहान घरमा हजुरबुबा र हजुरआमा मात्रै घरमा भएको बेला प्रज्ञाले आत्महत्या गरेको प्रहरीको भनाइ छ । source : ujyaloonline

Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts