अमेरिकाले पछिल्लो समयमा नेपालका कलाकारहरुलाई भिषा दिन अस्वीकार गर्दै आएको छ । भिषा नदिएपछि गायिका कोमल ओली,नायिका सुमिना घिमिरे अमेरिका जान पाएनन् । यसैवीच महानायक राजेश हमालकी पत्नीलाई समेत उसले भिषा दिन अस्वीकार गरेको छ । श्रीमानसँगै अमेरिका जान लागेकी राजेश पत्नी मधुलाई हालै अमेरिकाले भिषा नदिएको हो । पत्नीका साथ अमेरिका जान लागेका राजेशले समेत अन्तिम समयमा भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ । अमेरिकाले पछिल्लोपटक थुप्रै कलाकारहरुको भिसा अस्वीकार गर्दै आएको छ । केही दिन अघि नायिका नायिका सुमिना घिमिरेलाई पनि अमेरिकाले भिषा दिन इन्कार गरेको थियो । सुमिनाले नेपालीहरूले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिकी दूतावासमा भिषा आबेदन गरेकी थिइन् । तर, नेपाली कलाकारमाथि कडा बनेको अमेरिकन राजदूतावासले सुमिनालार्इ पनि भिषा नदिएको हो । यसअघि पनि थुप्रै नेपाली कलाकारहरु कालो सूचीमा परिसकेका छन् ।
राजेश मधुलाई लगेर अमेरिका जाने सपना असफल..

Labels:
समाचार

0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!