काठमाडौं । नेपाली साकिरा नामले ख्याति कमाएकी गायिका ईन्दिरा जोशीले भोलि राजधानीको टुँडिखेलमा प्रस्तुती दिने भएकी छिन् । एचआईभी एड्स तथा लागुऔषध प्रयोग बिरुद्ध सञ्चालन हुने कन्सर्टलाई मेरो नेपाल फाउन्डेसनले आयोजना गर्दैछ । कन्सर्टमा प्रवेश नि:शुल्क गरिएको आयोजकले जनाएको छ । मध्यान्न १२ बजेबाट सुरु हुने कन्सर्ट साझ ७ बजेसम्म चल्ने छ । कार्यक्रममा चिकित्सकले लागुऔषध दुव्र्यसनको असर तथा उपचारका सम्बन्धमा जानकारी दिनेछन् । राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रममा नेपालको चर्चित रक समुह १९७४ एडीले समेत प्रस्तुती दिनेछ । कार्यक्रममा दर्शकले गायिका जोशीको “उध्रेको चोली” संगै “रातो घाँघरा” समेत हेर्न पाउनेछन् । यस्तै १९७४ एडी ब्यान्डले पनि आफना चर्चित गीतले मनोरञ्जन दिनेछ । “यो मन त मेरो नेपाली हो” बाट सुरु हुने प्रस्तुती “पिंजडाको सुगा” “गुराँस फुल्यो” “हिंड्दा हिंडदै” जस्ता रक गीतले भोली टुँडिखेल घन्किनेछ । कार्यक्रमलाई मिस अर्थमा सहभागिता जनाएकी शुभेच्छा खड्काले उद्घोषण गर्नेछिन् ।
टुँडिखेलमा ईन्दिरा जोशीको उध्रेको चोली

Labels:
समाचार

0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!