Headlines News :
Home » » फेसबुक चलाउदा अब फेरी पनि अर्को फाइदा भाइरसलाई भगाउने छ..

फेसबुक चलाउदा अब फेरी पनि अर्को फाइदा भाइरसलाई भगाउने छ..

कम्प्युटरमा भाइरसले दु:ख दिइरहेको छ? अब चिन्ता नलिनुहोस्। यसका लागि महँगा एन्टिभाइरस प्रोग्राम खरिद गरिरहनु पर्दैन। केही समय पछिदेखि तपाईंको मन पर्ने सामाजिक सञ्जाल फेसबुकले तपाईंको कम्प्युटरबाट भाइरस हटाइदिन्छ। फेसबुकले कम्प्युटर सुरक्षा कम्पनी एफसिक्योरसँग यो विषयमा सम्झौता गरिसकेको छ। अब फेसबुकले एफसिक्योरसँग मिलेर ब्राउजर बेस्ड मालवेयरलाई हटाउने छ। एफ सिक्योरका अनुसार मालवेयर स्क्यानिङ तथा क्लिनअप प्रविधि फेसबुकसँग जोडिएको छ। फेसबुकले केही गडबडी हुनेबित्तिकै प्रयोगकर्तालाई यसको सूचना दिनेछ। यस्ता मालवेयर स्क्यान तथा क्लिन अप ब्राउजर विन्डोबाटै हुनेछ। मालवेयरले कम्प्युटरको कार्यक्षमता सुस्त बनाउनुका साथै महत्त्वपूर्ण जानकारी चोरी हुनसक्छ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts