जुलाई ४ तारिखको पहिलो दिन उक्त प्रतिभा प्रतियोगिता भएता पनि त्यसको नतिजा तथा बिजयीलाई पुरस्कार सम्मेलनको अन्तिम दिन जुलाई ६ तारिख पुरस्कृत गरिएको थियो l
उक्त प्रतियोगितामा अमेरिका भरका बिभिन्न राज्यबाट १८ प्रतियोगीहरुको सहभागी भएको तथा १४ को फरक प्रस्तुति समाबेस गरिएको जानकारी संस्कृति तथा मनोरञ्जन समितिका संयोजक उद्धव उप्रेतीले गराए l
उक्त प्रतियोगितामामा भाबिषा फुँयाल प्रथम ,सलिना श्रेष्ठ ,द्वितीय तथा श्रीजना जोशी तृतीय भएका छन् l
प्रथम हुनेलाई अमेरिकाबाट नेपाल आवत-जावत हवाई टिकट पुरस्कार स्वरुप प्रदान गरिएको थियो भने द्वितीय तथा तृतीय हुने लाई क्रमस $ ५००.०० तथा $ ३००.०० नगद पुरस्कार प्रदान गरिएको थियो l हवाई टिकटको व्यवस्था ट्राभल हाउस नेपालले प्रयोजन गरेको थियो l



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!