Headlines News :
Home » » ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

१८ साउन, काठमाडौँ ।
साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य ६०० रुपयाले बृद्धि भएको छ । शुक्रबारको तुलनामा आज रु ६०० ले वृद्धि भई कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबार सुनको मूल्य प्रतितोला रु ५४ हजार मूल्य निर्धारण गरी कारोबार गरिएको जनाएको छ ।

गएको शुक्रबार प्रतितोला रु ५३ हजार ४०० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य वृद्धि भएको महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार २८२ अमेरिकी डलर कायम भई कारोबार भएकामा आज एक हजार २९५ कायम भएको छ । त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ५३ हजार १५० मा कारोबार भएकामा आज त्यसको मूल्य रु ५३ हजार ७५० रह्यो । असली चाँदीको मूल्यमा पनि शुक्रबारको तुलनामा प्रतितोला रु सातले वृद्धि भई आज रु ८२९ मूल्य रहेको छ । रासस

Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts