लण्डन, डेनमार्कका वैज्ञानिकहरूले डेटा ट्रान्सफरको सबैभन्दा तिव्र गति प्राप्त गर्ने रेकर्डनै बनाएका छन । उनीहरूले एक सेकेण्डमा ४३ टेराबाइट अर्थात ४४,०३२ जीबी डेटा ट्रान्सफर गरेका छन । अर्थात एक सेकेण्डमा अब ७०० मेगाबाइट साइजका ६४ हजार फिल्महरू एक डिस्कबाट अर्कोमा ट्रान्सफर हुन सक्दछ । यसअघि जर्मनीका कार्ल्सरूहे इन्स्टीट्यूट अफ टेक्नोलोजीले ३२ टेराबाइट प्रति सेकेण्ड डेटा ट्रान्सफरको रेकर्ड बनाएका थिए । यो नयाँ रेकर्ड यस कारण पनि महत्वपूर्ण छ किनभने इन्टरनेटका लागी हरेक बर्ष डेटा ट्रान्सफरको ट्राफिक ५० प्रतिशतका दरले बढिरहेको छ । अहिले डेटा ट्रान्सफरको सुस्त गतिका कारण इन्टरनेटको धेरै प्रयोगका कारण कार्बन उत्सर्जन पनि बढेको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!