Headlines News :
Home » » आज मिति २०७१ साल श्रावण २० गते मंगलबार, तदनुसार अगस्त ५ सन् २०१४,

आज मिति २०७१ साल श्रावण २० गते मंगलबार, तदनुसार अगस्त ५ सन् २०१४,

मेष (चू चे चो ला ली लु ले लो अ)
आर्थिक रुपमा अपार्दर्शी बनिनेछ । धन गुम्ने तर्फ सजग रहनु होला । अरुको भरमा पर्नाले आर्थिक घाटा हुनेछ । सानातिना बिवादमा फसिएला । आफन्तको काममा अपजश भोग्नु पर्नेछ ।

वृष
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
स्वास्थ्यमा सुधार देखिनेछ । पारिवारिक खटास पनाको अन्त्य हुनेछ । प्रेम सफल हुनेछ । आर्थिक कार्यमा तदारुकता बढ्नेछ । सानातिना झन्झटबाट टाढिदै लक्ष्य प्राप्तिमा ध्यान दिइनेछ ।

मिथुन

 मिथुन (का कि कु घ ङ छ के को हा)
अचानक स्वास्थ्यमा समस्या देखिएपछि तपाईंको लक्ष्यमा बाधा आउन सक्छ । आर्थिक कठिनाईबाट गुज्रनु पर्नेछ । सानातिना झमेलाको कारण सोचेको काम ओझेलमा पर्न सक्नेछ । मनमा अरुप्रति सहानुभूति घट्ने छ ।
कर्कट
कर्कट (ही हु हे हो डा डि डु डे डो)
समयको उचित लाभ उठाइनेछ । भाग्यले साथ दिनेछ । सामाजिक कार्यप्रति भाव पवित्र बन्ने छ । कानूनी रुपमा देखिएका समस्याको समाधान हुनेछ । सबैको प्रिय बनिनेछ ।

सिंह
सिंह (मा मि मू मे मो टा टी टु टे)
साहसिक कार्यतिर ध्यान दिइनेछ । सामाजिक प्रतिष्ठा उच्च हुनेछ । अरुको भरमा पर्नाले बनिसकेको काम बिग्रने छ । अनपेक्षित असमझदारीबाट बनेको शाख गुम्नेतर्फ सजग रहनु होला ।

कन्या
कन्या (टो प पी पु ष ण ठ पे मो)
आर्थिक प्रगतितिर बिशेष ध्यान दिइनेछ । तपाईंको पेशा ब्यवसाय फस्टाउने छ । ब्यवसायमा भएको आर्थिक मजबुतिले सबैलाई आकर्शित बनाउने छ । अरुको दुस्खमा साथ दिने तपाईंको कारण मित्रता उचो रहनेछ ।

तुला
तुला (र री रु रे रो ता ती तू ते)
तपाईंको संवृद्धिलाई देखेर डाह गर्नेहरु मौलाउने छन् । बोलीको कारण आफन्तसागको दुरी बढ्ने छ । तपाईंले गरेको कामको अवमूल्यन हुनु चिन्ताको बिषय बन्ने छ । यात्रा भने सफल देखिएको छ ।

वृश्चिक
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
समाजिक काममा सहभागिता हुनेछ । मनमा शान्ति भएको अनुभव गरिने छ । रमाइला प्रसङ्गमा बढि नै लागिनेछ । प्रेम फल्ने, फुल्ने छ । सात्विक भाव बढ्नेछ । सामाजिक कुरीतिको बारेमा बोलिने छ ।

 धनु
धनु (य यो भा भी भू ध फा ढ भे)
आय, ब्ययका गणितीय खेलमापछि पारिनेछ । सामाजिक स्तर गिर्ने खतरा रहेको छ । आत्मकेन्द्रित हुँदा आलोचनाको सिकार हुनु पर्ने छ । एकान्तमा रम्न मन लाग्ने छ । मनमा अनेक बिकारबाट गुज्रनु पर्नेछ ।

मकर
 मकर (जो जा जी खी खू खे खो गा गी)
मित्रसँग आत्मियता प्रगाढ हुनेछ । केही रचनात्मक कार्यमा लागि परिनेछ । श्रमको उचित मुल्य प्राप्त गर्नु हुनेछ । आफन्तको निचो ब्यवहारले भने तपाईंलाई मर्माहत बनाउने छ । नैतिक दवाव तपाईंमा पर्नेछ ।

कुम्भ

कुम्भ (गू गे गो सा सी सु से सो द)
तपाईंको सहजमा साथ दिने भेटिए पनि असहजमा कोही आउने छैन । भावनामा डुबेर गरेको निर्णयले अन्त्यमा पिरोल्न सक्छ । पारिवारिक सोच अपेक्षित बने पनि परिणाम भने अनपेक्षित हुनेछ ।

 मीन
मीन (दि दू थ भ ञ दे दो चा ची)
शैक्षिक क्षेत्रमा रुची जाग्नेछ । कलात्मक बिषय तपाईंको रोजाइमा पर्नेछ । मित्रको सहयोग पाइने छ । सन्तानको मार्गबाट शुभ समाचार सुन्न पाउनु हुनेछ । बिकास प्रेमी तपाईंको सोचबाट सबै उत्साहित बन्लान ।

Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts