Headlines News :
Home » » यो हो धरतीको सबैभन्दा बुढो जनावर, उमेर १ सय ८२ वर्ष फोटोफिचर र भिडियो सहित

यो हो धरतीको सबैभन्दा बुढो जनावर, उमेर १ सय ८२ वर्ष फोटोफिचर र भिडियो सहित

नाम जोनाथन, उमेर १८२ वर्ष, जन्ममिति सन् १८३२ । यो कुनै मानिसको नाम होइन, एक कछुवाको नाम र उमेरका कुरा गरिएको हो । बेलायतमा रहेको यो कछुवा दुनियाको सबैभन्दा बूढो कछुवा हो ।

लण्डनको सेन्ट हेलिना टापुमा सन् १८८२ मा यो कछुवा ल्याइएको थियो । ऊ बेला नै यो कछुवा ५० वर्षको थियो । त्यतिबेला यो सँगै अरु दुइ कछुवा ल्याइएकोमा अरु दुइ मरिसके र यो मात्र जिवित छ । सोही आधारमा यसको वर्तमान उमेरको गणना गरिएको हो । यो हिसाबले जोनाथनको जन्म सन् १८३२ मा भएको हो ।

ट्याडपोल सि्रमप्स जातको यो कछुवा केवल कछुवा जातिमा मात्र होइन पृथ्वीमा रहेका हरेक जनावरमा सबैभन्दा बूढो हो ।

यसअघि तुइ मलिला नामको कछुवा दुनियाको सबैभन्दा बुढो कछुवाको रुपमा थियो, टोगा देशको यो कछुवा १८९ वर्षको उमेरमा मरेको थियो । यद्यपि भारतको कलकत्तामा रहेको जुलोजिकल गार्डेनमा एउटा कछुवा २ सय ५५ वर्षको भएको दाबी गरिएको थियो जसको मृत्यु सन् २००६ मा भएको थियो । तर त्यो आधिकारिक रुपमा पुष्टि भने हुन सकेन ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts