
जेल सजायबाट बच्च मानिसले के–के मात्रै गर्न पछि पर्दैनन् भन्ने कुरा कोलम्बियाको एक घटनाले उजागर गरेको छ । स्थानीय गियोभन्नी रेबोल्डियो नामका एक पुरुष अपराधीले पुनः जेल जानबाट बच्न आफूले आफूलाई महिलाको स्वरुपमा प्रस्तुत गरेका छन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अपराधी रेबोल्डियोले महिला बन्नका लागि स्तन प्रत्यारोपण गरे र महिलाले जस्तै कपडा धारण गरे । प्रहरीका अनुसार रेबोल्डियोलाई पछिल्लो वर्ष अपहरण, डकैती र जर्बजस्ती रकम असुलीको मामिलामा ६० वर्षको सजाय सुनाइएको थियो । तर, एक दिन उनी जेलबाट भाग्न सफल भए । जेलबाट भागेपछि शल्यक्रिया मार्फत स्तन प्रत्यारोपण गरेर उनी गियोभन्नी रेबोल्डियोबाट ‘रोसलिन्डा’ नामक महिला बने । महिलाका रुप धारण गरेका रेबोल्डियोले बरानकुईलाको उत्तरी तटीय शहरस्थित भियाजो प्राडो जिल्लामा एक यौनकर्मी भएर रहन थाले । तर, महिलाको रुप धारण गरेपनि उनी प्रहरीबाट भने बच्च सकेनन् । प्रहरीले उनलाई पक्राउ गरे र मिडियाको सामु प्रस्तुत गरे । समाचारका अनुसार रेबोल्डियो कोलम्बियाको राजधानी बोगोटा निवासी हुन् । पछिल्लो वर्ष आपराधिक गिरोहमा संलग्न रहेको अपराधमा उनी जेल परेका थिए । रेबोल्डियो संलग्न गिरोहले सुन्दर युवतीको मद्दतमा धनी पुरुषलाई फसाएर आफ्नो घर बोलाउँथ्यो र त्यस्ता व्यक्तिहरुलाई करेन्टको झड्का दिएर लुटपाट गर्ने गर्दथ्यो ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!