
रामचन्द्र नेपाल २५ साउन, क्वालालम्पुर । नियमित रुपमा चलिरहेको कम्पनी शुक्रवारवाट एकाएक वन्द भएपछि मलेसियामा तीन सय ७० जना नेपाली कामदार अलपत्र परेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट करिव चार सय किलोमिटर टाढा जोहोरको देशा चेम्वरलाङमा रहेको इडब्लु प्लाष्टिक कम्पनी एकाएक वन्द भएपछि श्रमिकहरुको विचल्ली भएको हो ।
‘दिउँसो करीव साढे चार वजेको थियो । अचानक लाईन काटियो । हामिले प्लान टुमा काम गरिरहेका थियौं । एकैछिनमा कम्पनीका सामानहरु उठाएर लगे, हामी हेरेको हेर्यैे भयाैं- त्यहाँ कार्यरत मकवानपुरका रमेश थापाले भने ।
एकाएक काम रोकेर कम्पनी मालिक र ब्यबस्थापन पक्षका कोही पनि सम्पर्क नआएपछि नेपाली कामदारहरु बिचल्लीमा परेको उनले बताए ।
‘कम्पनीमा के भएको हो हामिलाई थाहा छैन, कम्पनीको मानव संसाधन मेनेजरले नजिकको प्रहरी कार्यालयमा जान भनेको छ ।’ बिराटनगरका ढुण्डीराज सुवेदीले भने- किन प्रहरी कार्यालय जान भनियो, हाम्रा पासपोर्ट कहाँ छन, केही भनिएको छैन् ।
’ प्लाटिकको सामागि्र उत्पादन हुने कम्पनीमा नेपाली सहित भियतनाम र म्यानमारका गरी करीव ५ सय ३२ श्रमिकहरु कार्यरत छन् । कम्पनीमा करिव १ सय ७० जना नेपाली महिला कामदार पनि छन् ।
कामदारले जुलाई महिनाको समेत तलव पाएका छैनन् । कम्पनीले प्रतिमहिना संचय कोषका नाममा मासिक ३५ रिंगेट कटाउँदै आएको थियो ।
वचत रकम घर र्फकने वेला फिर्ता दिने गरेको थियो । त्यहाँ ९ वर्षदेखि लिएर डेढ महिना अगाडि मात्रै आएका नेपाली श्रमिकहरु कार्यरत रहेका छन् । हाल सवै श्रमिकहरु कम्पनीकै होस्टलमा वसिरेहका छन् ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!