पुन्टे परेड प्रमोसनका लागि गरिएको कन्सर्टमा सुष्मालाई ब्याक स्टेजमा नरेनले कुटपिट नै गरे । यो कुटपिट साम्य पार्न प्रहरी नै अघि सर्नुपरेको थियो । प्रहरीले नै सुष्मा र नरेनबीचको परालको आगोजस्तो झगडालाई मिलाइदिएको थियो ।
नरेनले कुटेपछि सुष्माले रुँदै स्टेजमा डान्स गरेकी थिइन् । डान्स गर्दा पनि सुष्माको आँखामा आँसु थियो । रुँदै नाचेपछि उनी त्यहाँबाट निस्किइन् । प्रहरीले स्थानिय पत्रकारलाई दिएको जानकारीअनुसार कुटपिटको कारण उनीहरुबीचको असमझदारी रहेको बताइन्छ । सार्वजनिक मंचमै सुष्मा कुटिएपछि अहिले धरानमा यसको चर्चा चुलिएको छ । केहीवर्षयता नरेन र सुष्मा अफेयरमा छन् । यो जोडी सँगै उक्त कन्सर्टमा निस्किएको थियो । थप बुझ्ने प्रयत्न गर्दा सुष्माको मोबाइल स्वीच अफ थियो ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!