इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:०५:१८ बजे र सूर्यास्त : ०६:५०:५० बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय : ०७:०५:५८ बजे र सूर्यास्त : ०५:२४:५४ बजे,
आषाढ कृष्णपक्षको एकादशी तिथि, दिउँसो ११ बजेर ३० मिनेटसम्म, त्यसपछि द्वादशी तिथि,
भरिणी नक्षत्र मध्यरात्रीपछि १२ बजेर ५२ मिनेटसम्म, त्यसपछि कृतिका नक्षत्र,
सुकर्मा योग बेलुका १० बजेर ५२ मिनेटसम्म, त्यसपछि धृति योग,
कौलव करण मध्यरात्रीपूर्व ११ बजेर १५ मिनेटसम्म त्यसपछि तैतिल करण,
राहुकाल बिहान ६ बजेर ४८ मिनेटदेखि ८ बजेर ३२ मिनेटसम्म,
काल बारबेला बिहान ६ बजेर ४८ मिनेटदेखि ८ बजेर ३२ मिनेटसम्म,
रोग बारबेला बिहान १० बजेर १५ मिनेटदेखि दिउँसो ११ बजेर ५८ मिनेटसम्म ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समय राम्रो छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरीबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज जोसुकैलाई मन पेट खोलेर नदिनु होला । प्रतिकूल समय छ, त्यसैले विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोल्दा ख्याल गर्नुहोला । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । उत्साहपूर्वक काम गर्नुहोला । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन प्राप्त पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । व्यवसायिक स्थिति बिग्रँदै जानेछ । स्वास्थ्य सम्बन्धी विविध समस्याले मानसिक रूपमा विचलन ल्याउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न हुने बेला छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । तपार्इंले गरेका कामको प्रशंसा हुनेछ । आफूले प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजबाट कामको दायित्व क्रमशः बढ्दै जानेछ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!