Headlines News :
Home » » फोटोजेनिक प्रजिता

फोटोजेनिक प्रजिता

दमक झापाकी १९ वषर्ीया प्रजिता काफ्ले मिस उर्लाबारीकी सेकेन्ड रनर्सअप हुन्। ५ फिट ६ इन्च अग्ली प्रजिता भविष्यमा सफल मोडल बन्ने सोचमा छिन्। मिस उर्लाबारीमा पहिलो पटक सहभागिता जनाउँदै फोटोजेनिक उपाधिसहित सेकेन्ड रनर्सअप भएकी प्रजिता मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमका रूपमा लिन्छिन्। बीबीएस प्रथम वर्षमा अध्ययरत प्रजिता फुर्सदको समयमा फेसबुकमा साथीहरूसँग च्याट गर्न, नाच्न, गाउन, गितार बजाउन तथा नयाँ  ठाउँ घुम्न मन पराउँछिन्। अहिलेसम्म कसैलाई ब्वाइफेन्ड नबनाएको बताउने प्रजिता भन्छिन्-, 'अहिलेसम्म सिंगल नै छु।' राम्रो म्युजिक भिडियोबाट अफर आएको खण्डमा यही क्षेत्रमा लाग्ने सोच रहेको उनले बताइन्। सानैदेखि यो क्षेत्रबाट प्रभावित भएको बताउने प्रजिता नेपाली चलचित्रमा अश्लीलता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्छिन्। प्रजिता भन्छिन्-, 'अश्लील चलचित्रका कारण नयाँ कलाकारहरूलाई इन्ट्री गर्न असहज भैरहेको छ।' मोडलिङलाई समाजले अझै पनि नकारात्मक रूपमा लिने गरेको उनको अनुभव छ।

- सरोज बस्नेत
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts