
(एजेन्सी) जिम्बाब्वे । जिम्बाब्वेमा बस्ने एक व्यक्तिले आफ्नो प्रेमीकाको हत्या गरे अनि फेरी उनको मुटु निकालेर छुरी तथा चम्चाको सहायताले खाएका छन् । उक्त हत्याको घटनाको बिषयमा ति हत्या भएकी महिलाको छिमेकीहरुले पुलिसलाई खबर गरे पछी घटना बाहिर आएको हो ।
छिमेकीहरुका अनुसार उक्त व्यक्तिले आफ्नो पुर्व प्रेमिकालाई मरेको अनि लासको अंगलाई अलग गर्दै गरेको देखेका थिए ।
दक्षिण अफ्रीकाको दैनिक पत्रिका द टाइम्सले पुलिस प्रवक्ता फेडरिक वान व्याइकलाई उदृत गर्दै भनेको छ- ‘‘सहि मौकामा ति व्यक्तिले आफ्नो प्रेमिकाको मुटु छुरी तथा चम्चाले खान ब्यस्त बनेको अवस्थामा भेट्टाइएको थियो’’ अहिले ति संदिग्ध नाम गरेका व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ र छिट्टै उसलाई अदालतमा पेश गरिनेछ ।
एक छिमेकीले बताए अनुसार ‘‘घटनाको पुरा स्थिति सबैलाई पागल बनाउने खालको थियो, हामीले उसलाई कराएर भन्दै थियौं कि त्यसो नगर तर उसले हाम्रो कुरा सुनेन र आफ्नो प्रेमिकालाई मारी छाड्यो । अनि त्यो लासको अंग-अंग छुट्याएर मुटु निकाल्यो, अनि केहि बेर पछी छुरी र चम्चाले खान थाल्यो ।’’
वेस्टर्न केपको पुलिस अधिकारी शैरन जेप्टाका अनुसार उक्त हत्या त्रिकोणात्मक प्रेममा आधारित रहेको बताएका छन् । कतिपयले घटनाको बिषयमा भनेका छन्- उसलाई ति महिलाले प्रेममा पारि पछी धोका दिएकी थिईन् । हुन सक्छ-उसले त्यसैको बदला लिन यस्तो नराम्रो काम गर्यो ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!