'धुन राम्रो लाग्दै गएपछि विस्तारै संगीतको रूप लियो,' चःमति नेवाः खलःका पूर्ण काजी ज्यापुले सुनाए, 'जनावर भगाउने खुबी भएकाले
यो बाजालाई शक्तिको प्रतीक मानिन्छ ।' नेपाली लोकबाजा र संगीतको शक्ति पर्गेल्नका लागि अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा पारेर तन्नेरीहरू धिमेलाई ध्यानपूर्वक प्रस्तुत गरिरहेका थिए । यही शक्ति चिनेर ६ वर्षदेखि गायक दीपक बज्राचार्य नेपालका लोक बाजालाई पश्चिमी संगीतसँग फ्युजन गरिरहेका छन् ।
शनिबारको प्रस्तुति भने ओलम्पिक डे २०१४ र चःमति नेवाः खलःले गरेका हुन् । 'धिमे डेमोस्ट्रेसन' मा नेवार समुदायका धिमे बजाउने नौ समूहले सहभागिता जनाए । उनीहरू प्रायः तन्नेरी थिए । कला संस्कृतिको संरक्षण गर्नुको साथै धिमेको महत्त्व र यसको लोकपि्रयतालाई बुझेर बाजा बजाउन सिकेको उनीहरूको तर्क थियो । प्रमित मर्हजन कलेज सकाएपछि फुर्सदको समयमा धिमे बाजा सिक्न थालेको ५ वर्ष पुगेछ । 'धिमे बाजाको फ्युजन ट्रेन्ड अझै मनपर्छ,' उनले भने, 'प्रयास गर्दै
छु ।' ओलम्पिक खेलको चार्मजस्तै संगीतलाई पनि द्रुतगतिमा लानुपर्छ भन्ने उद्देश्यले 'धिमे डेमोन्स्ट्रेसन' गरिएको ओलम्पिक डेका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यसँगै गायिका केन्जुमा सुब्बा, जुजुकाजी रञ्जित, सरस्वती मानन्धर, देवेन्द्र राईले गाएका थिए । सीतामैयाले करिब १० मिनेट सितार बजाइन् । अन्तर्राष्ट्रिय संगीत दिवसकै सन्दर्भ पारी नेपाल म्युजिक स्कुलले पनि शुक्रबार सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो । स्कुलकै विद्यार्थीले गायन, बासुरीवादन र अन्य विभिन्न इन्स्टु्रमेन्ट बजाएका थिए । पछिल्लो पुस्ता बुझेरै संगीत सिक्न आउन थालेको म्युजिक स्कुलका आर्टिस्टिक डाइरेक्टर शुभबहादुर सुनामले बताए । उनले अन्तर्राष्ट्रियस्तरमा हाम्रो गायन र बाजाको पहुँच पुर्याउन अझै साधनाको खाँचो औंल्याए ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!