Headlines News :
Home » » पारसको नाम लिदा पुर्ब महारानी कोमल अचानक यसरि झन्किईन्

पारसको नाम लिदा पुर्ब महारानी कोमल अचानक यसरि झन्किईन्

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले तनावै तनावका बीचमा असार २३ गते आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । उनलाई अहिले एकै पटक तनाव थपिएको छ । खाशगरी ज्ञानेन्द्रले आफ्नै परिवारभित्रबाट शान्ति पाएका छैनन् । जन्म दिनमा पुत्र पारश शाह सहभागी भएनन् । चार वर्ष देखि पारस बैंककमा बस्दै आएका छन् । पारस काठमाडौंमा फर्कने कुनै कार्यक्रम छैन । पूर्व राजालाई सबै भन्दा बढी तनाव छोराको छ ।

त्यसैले छोरालाई तत्काल काठमाडौ बोलाउने सोचाइ उनले बनाएका छैनन् । छोराको तनाव पूर्व रानी कोमललाई पनि छ । स्रोतका अनुसार केही दिन अघि एउटा भोजमा कोमलले छोराको नाम लिने वित्तिकै रिसाएकी थिइन । भोजमा सहभागी एक जनाले छोरा कहिले आउँछन् भनेर के सोधेका थिए, कोमल पारसको नाम लिने वित्तिकै रिसाएको यूनाइटेड पोस्ट साप्ताहिकले छापेको छ।

पारस मुटुका रोगी छन् । उनलाई कुनै पनि बेला मुटुको समस्याले आक्रमण गर्ने खतरा छ । बैंककमा पारस एउटी थाइकेटीसँग प्रेममा फसेका छन् । पारसले थाइ केटीलाई कान्छी बनाउँछन् कि भन्ने चिन्ता ज्ञानेन्द्र र कोमललाई छ । पारसले बेला बेलामा आफनी प्रेमिकालाई पनि संगै काठमाडौ ल्याउने सन्देश पठाउने गर्छन ।
पारस र हिमानीबीच पनि राम्रो सम्बन्ध छैन । हिमानी पूर्व राजारानीसँगै बसेकी छन् । 

यसले पनि ज्ञानेन्द्रलाई तनाव थपेको स्रोतको भनाई छ । स्रोतका अनुसार बुवाले बोलाए काठमाडौ आउछु भनेर पारसले सन्देश पठाएका छन्, यता बाबुले बोलाउने सोच बनाएका छैनन् । पूर्व राजालाई पत्नी कोमलको पनि तनाव छ । दरबार हत्याकाण्डमा लागेको छर्राले अहिले उनलाई दुख दिन थालेको छ । छर्राले ठाउँ फेरेको छ । यसबाट शरीरमा इन्फेक्सन हुन थालेको छ । डाक्टरहरुले तत्काल भारत या अन्य देशमा जान सल्लाह दिएका छन् । इन्फेक्सनले पूर्व रानीलाई दुःख दिन थालेको छ ।

पूर्व राजालाई छोरी ज्वाईको चिन्ता पनि उस्तै छ । छोरी र ज्वाईले बेला बेलामा झगडा गर्ने गर्छन । एक पटक उनीहरु झण्डै–झण्डै सम्बन्ध विच्छेदको स्थितिमा पुगेका थिए । छोरी र ज्वाईलाई मिलाउन पनि पूर्व राजालाई निकै तनाव पर्ने गरेको छ । यतीखेर छोरी ज्वाईको सम्बन्ध केही सुध्रिएको छ । तर कुनै पनि बेला उनीहरुवीच फेरि झगडा शुरु हुने स्थिति छ । यसले पनि पूर्व राजालाई तनाव थपेको छ ।

ज्ञानेन्द्रकै पालामा २ सय ४० वर्ष देखिको राजतन्त्र ढल्यो । उनी अन्तिम राजा भनेर इतिहासमा दर्ज भएका छन् । यसको घाउले उनलाई चोट दिएकै छ तर परिवार भित्र पनि उनलाई उस्तै चिन्ता छ । यही कारण ज्ञानेन्द्रका केही साथीहरुले उनलाई अभागी राजा भनेर भन्ने गरेको स्रोतको भनाई छ । - हाम्रा कुरा
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts