Headlines News :
Home » » सर्लाहीकि रविनाले जन्माइन् एकैपटकमा चार सन्तान

सर्लाहीकि रविनाले जन्माइन् एकैपटकमा चार सन्तान

२७ असार । सर्लाहीको कौडेना गाविस–७ निवासी इजुल खानकी २५ वर्षीया छोरी रविना खातुनले एकैपटक चारवटा बच्चा जन्माएकी हुन् । प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याइएकी खातुनले दुई छोरा र दुई छोरी जन्माएकी जिल्ला अस्पतालका चिकित्सक प्रह्लाद अधिकारीले बताउनुभयो । बुधबार राति ७ बजेर २० मिनेटमा रविनाले चारवटा बच्चालाई एकसाथ जन्म दिएकी थिइन् ।

चिकित्सक अधिकारीका अनुसार रविनाले छ महिनामा नै चार बच्चा जन्माएकी हुन् । ‘छ महिनामा जन्मिएका हुनाले बच्चाको अवस्था पूर्णरुपमा विकसित थिएन, जन्मदा सबै सकुशल थिए’ डा अधिकारीले भन्नुभयो । राति नै तीनवटा बच्चाको मृत्यु भइसकेको छ । सुरूमा जन्मिएकी एक छोरी भने जीवितै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा अधिकारीले बताउनुभयो ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts