नेपाल प्रहरीका मेट्रो र पाँच क्षेत्रिय कार्यालयबाट हालै केन्द्रीय कार्यालयमा प्राप्त प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ४१ प्रतिशतभन्दा बढी बलात्कारका घटना प्रहरीसम्म आइपुगेका छन् । यस्तो अपराधमा अधिकांश आफन्त, साथी वा सहकर्मी संलग्न हुनाले धेरै जसो प्रहरीमा आउँदैनन्, गुपचुप नै राखिन्छन् ।
‘प्रहरीमा जुन रुपमा उजुरी संख्या बढेको छ, त्यसका आधारमा घटनापनि बढेकै भन्न सकिन्छ, अपराध अनुसन्धान विभागका निमित्त प्रमसख डिआइजी सुरेन्बहादुर शाहले भने,’वास्तविक संख्या यसको दोब्बर हुनसक्छ ।’ बलात्कारका सबै घटना प्रहरीसम्म नआउने ट्रेन्ड अन्तर्राष्ट्रिय स्तरमै रहेको उनको अनुभव छ ।
‘अन्तर्राष्ट्रिय स्तरमै ४० देखि ५० प्रतिशत मात्र घटना प्रहरीसम्म आउने गरेको देखिन्छ, उनले नेपालको सन्दर्भ विश्लेषण गर्दै भने,’यहाँ त्यो प्रतिशत झन् कम देखिन्छ ।’ शाहकै भनाईलाई आधार मान्दा नेपालमा अहिले कम्तीमा चार जना दिनहुँ बलात्कृत भइरहेको आँकलन गर्न सकिन्छ । ‘प्रहरीको तथ्यांक अनुसार २०७०/७१ भित्र पाँच क्षेत्र र उपत्यकाका प्रहरी कार्यालयमा गरी ८ सय ४९ बलात्कारका घटना दर्ता भएका छन् । गत वर्ष यो संख्या ५ सय हाराहारीमा थियो । - नागरिक दैनिक



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!