आज मिति २०७१ साल श्रावण १ गते बिहीबार, तदनुसार जुलाई १६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । ग्रीष्म ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज श्रावणकृष्णपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज सूर्य मिथुन राशिमा रहेको छ भने चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ८ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २० मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ ठाउँको अवलोकन, आरोग्य जीवनको उपभोग, विरोधी माथि विजयी, प्रतियोगितामा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ खर्च जोगाउनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय खराब छ, सतर्क हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अवरोध हुने, दिन खराब रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एक्कासी आम्दानीमा वृद्धि, राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल श्रावण १ गते बिहीबार बिहान ५:२० बजेदेखि ६:५० बजेसम्म शुभ बेला, बिहानमा ६:५० बजेदेखि ८:२० सम्म रोग बेला, बिहानमा ८:२० बजेदेखि ९:५० बजेसम्म उद्वेग बेला, बिहानमा ९:५० बजेदेखि ११:२० बजेसम्म चर बेला, बिहान ११:२० बजेदेखि दिनमा १२:५० बजेसम्म लाभ बेला, दिनमा १२:५० बजेदेखि २:२० बजेसम्म अमृत दिनमा २:२० बजेदेखि ३:५० बजेसम्म काल साँझ ३:५० बजेदेखि ५:२० बजेसम्म शुभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे कामगर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज उत्तर पश्चिम बाहेक अन्य कुनै पनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा १:३० बजेदेखि ३:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
-



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!