Headlines News :
Home » » यसरि प्रेमिकासँग थाइल्यान्डमा रमाउँदै छन् पारस शाह

यसरि प्रेमिकासँग थाइल्यान्डमा रमाउँदै छन् पारस शाह

२५ असार, काठमाडौं । थाइल्यान्डको च्याङमाइ सुधार केन्द्रमा उपचार सकिएपछि पूर्वयुवराज पारस आफ्नी थाई प्रेमिका कन्निकासँग उतै रमाएका छन् । सुधार केन्द्रमा उपचार सकेर सामान्य जीवनयापन गर्दै आएका उनी आफूविरुद्धको मुद्दाको किनारा लाग्नासाथ नेपाल आउने बताइएको छ ।

लागूऔषध प्रयोग गरेको आरोपमा थाई अदालतमा मुद्दा खेपिरहेका पूर्वयुवराज पारस चार महिना अघि अदालतले बोलाउँदा समेत उपस्थित नभएका कारण नेपाल आउने मिति तय हुन सकेको छैन् ।

‘थाइल्यान्डको फुकेट कोर्टले उहाँको पासपोर्ट राखेको र मुद्दाको टुंगो लाग्नासाथ पासपोर्ट फिर्ता दिएपछि नेपाल आउने तयारी उनले गर्नु भएको छ , थाइल्यान्डस्थित एक नेपालीले भने ।’अहिले पारस दुई जना बच्चा पालेर प्रेमिका कन्निकासँगै बस्दै आउनु भएको छ, केही दिनपछि नेपाल आएर पुनः थाइल्याण्डनै र्फकने कार्यक्रम रहेको छ, पूर्वयुवराज पारसलाई सहयोग गर्ने एक नेपालीले थाइल्याण्डबाट भने ।’

दुई महिनादेखि पारसलाई भेट्न कोही आफन्त नआएको जानकारी गराउँदै थाइल्याण्डमा बस्दै आएका नेपालीहरुले उहाँलइृ आर्थिक सहयोग गर्दै आएको ती नेपालीले जनाए ।  करिब एक महिनाअघि उनलाई भेटन उनका हितैषी नवराज ढकाल, श्याम लामा, कमल थापालगायत थाइल्यान्ड पुगेका थिए ।

गत वर्ष आफ्नो वकिल साक्थाइ र नेपालीको सहयोगीका साथ लागूऔषधको मुद्दाको विषयमा फुकेट अदालतमा बयान दिएका थिए । आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts