Headlines News :
Home » » बिहेमा छिनेको केटा नभई अर्कै नचिनेको केटा बेहुला बनेर आएपछि

बिहेमा छिनेको केटा नभई अर्कै नचिनेको केटा बेहुला बनेर आएपछि

३२ असार भारतको सुपौलबाट बेहुला लिएर आएको जन्तीले बदमाशी गर्दा सप्तरी, त्रिकौलका यादव परिवारलाई पीडा दिएको छ । सप्तरीको त्रिकौल–७ धनपुरमा ३० असार साँझ विवाहको चटारो थियो । छोरीको विवाह गर्न लागेका स्थानीय यादवको घरमा निम्तालु सबै आइसकेका थिए, मण्डप सजाइएको थियो, जन्तीको स्वागतका लागि भोजन पनि तयार थियो, दुलही सिंगारिएर बेहुलाको प्रतिक्षामा थिइन् । भारतको विहार, सुपौलबाट आउँदै गरेको जन्तीले भारदहमै रोकिएर बेहुलीको घरमा खबर पठायो, ‘बिहे यहीं कंकलिनी मन्दिरमा गर्ने, दुलही लिएर आउनु ।’ बेहुली पक्ष भने दाइजो वा अरु केही कुरामा चित्त नबुझेको हो कि भनेर आत्तिदै भारदाह पुगे । तर, बेहुलाका बाबुलगायतले बेहुलीको घरमा नजाने अडान लिइरहे, कारण भने केही बताएनन् । केही बेर दुवै पक्षबीच विवाद चलिरह्यो बेहुलीपक्षका एक जना दुलाहासँग नै कुरा गर्न भनेर जाँदा दुलाहा बनेर आएका युवक त अर्कै रहेछन् । जुन केटासँग छेका (बिहेको कुरा पक्का) भएको थियो उसको ठाउँमा दुलाहा बनेर सुस्त मनस्थितिको केटालाई ल्याइएको रहेछ । घर आउन नमान्नुको कारण बल्ल खुल्यो । बेहुली पक्ष आक्रोशित भए, स्थिति तनावग्रस्त भएपछि जन्ती त्यहाँबाट भाग्न खोज्दै गर्दा प्रहरीको सहयोगमा दुवै पक्षलाई इलाका प्रहरी कार्यालय भारदह लगियोे र रातभरको छलफल पश्चात विवाह रद्द गरियो । ३१ असारमा इलाका प्रहरी कार्यालयकै रोहबरमा बेहुला पक्षले पहिले नै लिएको १ लाख रुपैयाँ लगायत दहेजका अन्य सामाग्री फिर्ता गरेको छ । भारत, बिहार राज्यको सुपौल पिप्राहीका बासुदेव गोइतका छोरा अजयसँग आफ्नी छोरीको विवाह तय भए पनि बिहेमा आउँदा मानसिक सन्तुलन ठिक नभएको अर्कै केटालाई लिएर आएको केटीका बाबुले बताए । अहिले यादव परिवार चिन्तामा डुबेको छ, बेहुलीको मन त दुख्ने नै भयो । ( हिमालखबर )
Share this article :

1 comment:

  1. ३२ असार भारतको सुपौलबाट बेहुला लिएर आएको जन्तीले बदमाशी गर्दा सप्तरी, त्रिकौलका यादव परिवारलाई पीडा दिएको छ । सप्तरीको त्रिकौल–७ धनपुरमा ३० असार साँझ विवाहको चटारो थियो । छोरीको विवाह गर्न लागेका स्थानीय यादवको घरमा निम्तालु सबै आइसकेका थिए, मण्डप सजाइएको थियो, जन्तीको स्वागतका लागि भोजन पनि तयार थियो, दुलही सिंगारिएर बेहुलाको प्रतिक्षामा थिइन् । भारतको विहार, सुपौलबाट आउँदै गरेको जन्तीले भारदहमै रोकिएर बेहुलीको घरमा खबर पठायो, ‘बिहे यहीं कंकलिनी मन्दिरमा गर्ने, दुलही लिएर आउनु ।’ बेहुली पक्ष भने दाइजो वा अरु केही कुरामा चित्त नबुझेको हो कि भनेर आत्तिदै भारदाह पुगे । तर, बेहुलाका बाबुलगायतले बेहुलीको घरमा नजाने अडान लिइरहे, कारण भने केही बताएनन् । केही बेर दुवै पक्षबीच विवाद चलिरह्यो बेहुलीपक्षका एक जना दुलाहासँग नै कुरा गर्न भनेर जाँदा दुलाहा बनेर आएका युवक त अर्कै रहेछन् । जुन केटासँग छेका (बिहेको कुरा पक्का) भएको थियो उसको ठाउँमा दुलाहा बनेर सुस्त मनस्थितिको केटालाई ल्याइएको रहेछ । घर आउन नमान्नुको कारण बल्ल खुल्यो । बेहुली पक्ष आक्रोशित भए, स्थिति तनावग्रस्त भएपछि जन्ती त्यहाँबाट भाग्न खोज्दै गर्दा प्रहरीको सहयोगमा दुवै पक्षलाई इलाका प्रहरी कार्यालय भारदह लगियोे र रातभरको छलफल पश्चात विवाह रद्द गरियो । ३१ असारमा इलाका प्रहरी कार्यालयकै रोहबरमा बेहुला पक्षले पहिले नै लिएको १ लाख रुपैयाँ लगायत दहेजका अन्य सामाग्री फिर्ता गरेको छ । भारत, बिहार राज्यको सुपौल पिप्राहीका बासुदेव गोइतका छोरा अजयसँग आफ्नी छोरीको विवाह तय भए पनि बिहेमा आउँदा मानसिक सन्तुलन ठिक नभएको अर्कै केटालाई लिएर आएको केटीका बाबुले बताए । अहिले यादव परिवार चिन्तामा डुबेको छ, बेहुलीको मन त दुख्ने नै भयो । ( हिमालखबर )

    ReplyDelete

Popular Posts